अपांगता भएकालाई सिलाइ मेशिन वितरण



हाम्रो इकोनोमि

रामपुर नगरपालिकाका अपांगता भएका नागरिकलाई सिलाइ मेशिन वितरण गरिएको छ ।

अपांगता र अभिभावकमैत्री संघको आयोजना र रामपुर नगरपालिकाको सहयोगमा नगरपालिकाका १० जना अपांगता व्यक्तिलाई सिलाइ मेशिन वितरण गरिएको हो ।

नगरक्षेत्रभित्र रहेका सिलाइसम्बन्धी ज्ञान आर्जन भएका १० वटै वडाका प्रत्येक वडाका एक÷एक जना छनोट गरी मेशिन वितरण गरिएको समितिका अध्यक्ष पीताम्बर भट्टराईले बताउनुभयो ।

मेशिन वितरण गर्दै नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले यस्ता खालका कार्यक्रमले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रम नगरपालिकाले ल्याउने बताउनुभयो ।

विद्यार्थीलाई शैक्षिक सामग्री, अभिभावकलाई सचेतना

दलित उत्थान समन्वय समिति रम्भा गाउँपालिका–३ पाल्पाको आयोजनामा शैक्षिक सामग्री वितरण तथा जातीय छुवाछूत अन्त्यको लागि नेतृत्व विकाससम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम पिपलडाँडामा सम्पन्न भएको छ ।

कार्यक्रममा वडाभित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत करीब १७० जना दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री र अति विपन्न दलित परिवारका २५ जना विद्यार्थीलाई विद्यालय पोषाकसँगै शैक्षिक सामग्री वितरण गरिएको छ ।

यसैबीच सोही अवसरमा अभिभावकलाई सचेतनामूलक तालीम दिइएको छ । उनीहरुलाई दलित समुदायको अहिलेको अवस्था र प्राप्त अधिकारका बारेमा सहजीकरण गरिएको थियो । वडाभित्रका झण्डै ५० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

खुला वादविवाद प्रतियोगिता सम्पन्न

  मध्यनेपाल नगरपालिका–१० नेटा, थान्सिङस्थित गणेश मालिका माध्यमिक विद्यालयमा अन्तर माध्यमिक विद्यालय स्तरीय...

ग्यास अनावश्यक स्टक नगर्न निगमको अनुरोध

     नेपाल आयल निगमले खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै...

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

     प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।...