सुनतस्करी रोकिएपछि बैंकले सुनमा लगानी बढायो, अब गोरेहरुको दिन गयो



हाम्रो इकोनोमि

सुनचाँदी धितो लिएर बैंक तथा फाईनान्स कम्पनीहरुल अत्याधिक मात्रामा कर्जा दिएको भेटिएको छ । पछिल्लो समय सिंगो राज्य नै सुन तस्करी नियन्त्रणमा लागेको बेला बैंक तथा फाईनान्स कम्पनीहरुले भने सुनचाँदी धितो लिएर चालुु आर्थिक बर्षको पछिल्लो १० महिनामा ३७ अर्ब २७ अर्ब २२ करोड ७३ लाख ५० हजार रुपैयाँ कर्जा दिएका छन् ।

यसरी कर्जा दिनेमा बाँणिज्य बैंकहरु अगाडि देखिएका छन् । राम्रो जाँचकी नहुंदा सुनचाँदीको गुणस्तर मापनमा प्राविधिक समस्या देखिने गरी पनि सञ्चालनमा रहेका २८ वटा बाँणिज्य बैंकहरुले आफ्ना पुरानै सुनजाँचकीद्धारा पोलेर, घोटेर सुनको गुणस्तर नाप्दै ३२ अर्ब दुुई करोड १६ लाख ९० हजार रुपैयाँ कर्जा दिएका छन् ।

सञ्चालनमा रहेका क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी ३४ वटा बिकास बैंकहरुले भने चालुु आर्थिक बर्षको पछिल्ला १० महिनामा अवधिमा सुनचाँदी धितो लिएर चार अर्ब ७१ करोड ५८ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

फाईनान्स कम्पनीहरुले भने सुनचाँदी धितोमा निकै नै कम मात्रामा कर्जा प्रवाह गरेका छन् । चालुु आवको पछिल्लो १० महिनामा २५ वटा फाईनान्स कम्पनीहरुले सुनधितोमा ४८ करोड ९७ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा फाईनान्सहरुले सुुनको गुणस्तरको आधार कुुल रकमको ७० प्रतिसतसम्म ऋण दिने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...