सुनतस्करी रोकिएपछि बैंकले सुनमा लगानी बढायो, अब गोरेहरुको दिन गयो



हाम्रो इकोनोमि

सुनचाँदी धितो लिएर बैंक तथा फाईनान्स कम्पनीहरुल अत्याधिक मात्रामा कर्जा दिएको भेटिएको छ । पछिल्लो समय सिंगो राज्य नै सुन तस्करी नियन्त्रणमा लागेको बेला बैंक तथा फाईनान्स कम्पनीहरुले भने सुनचाँदी धितो लिएर चालुु आर्थिक बर्षको पछिल्लो १० महिनामा ३७ अर्ब २७ अर्ब २२ करोड ७३ लाख ५० हजार रुपैयाँ कर्जा दिएका छन् ।

यसरी कर्जा दिनेमा बाँणिज्य बैंकहरु अगाडि देखिएका छन् । राम्रो जाँचकी नहुंदा सुनचाँदीको गुणस्तर मापनमा प्राविधिक समस्या देखिने गरी पनि सञ्चालनमा रहेका २८ वटा बाँणिज्य बैंकहरुले आफ्ना पुरानै सुनजाँचकीद्धारा पोलेर, घोटेर सुनको गुणस्तर नाप्दै ३२ अर्ब दुुई करोड १६ लाख ९० हजार रुपैयाँ कर्जा दिएका छन् ।

सञ्चालनमा रहेका क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी ३४ वटा बिकास बैंकहरुले भने चालुु आर्थिक बर्षको पछिल्ला १० महिनामा अवधिमा सुनचाँदी धितो लिएर चार अर्ब ७१ करोड ५८ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

फाईनान्स कम्पनीहरुले भने सुनचाँदी धितोमा निकै नै कम मात्रामा कर्जा प्रवाह गरेका छन् । चालुु आवको पछिल्लो १० महिनामा २५ वटा फाईनान्स कम्पनीहरुले सुनधितोमा ४८ करोड ९७ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा फाईनान्सहरुले सुुनको गुणस्तरको आधार कुुल रकमको ७० प्रतिसतसम्म ऋण दिने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...