लोप हुन लागेको बाघ संरक्षणमा सबैको चासो



हाम्रो इकोनोमि

निकुञ्जमा बाघ संरक्षणसम्बन्धी सर्वपक्षीय चिन्ता बढेको छ ।

वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले सरोकारवालाहरुसँग यहाँ आयोजना गरेको बाघ संरक्षणसम्बन्धी अन्तक्र्रियामा यस्तो चिन्ता व्यक्त भएको हो ।

निकुञ्जका प्रमुख मनोजकुमार शाहले एशियाका १३ वटा देशमा छ प्रजाति पाइएकामा तीन वटा प्रजातिका बाघ लोप भइसकेको बताउनुभयो । आहाराको अभाबले बाघको संरक्षणमा कठिनाइ भएकाले पाँच वर्षे बाघ संरक्षण योजना बनेको र सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य निकुञ्जको रहेको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका श्यामकुमार थापाले बाघ संरक्षणका लागि सबै संस्था जुटेको र यसको संरक्षण गर्दा अन्य बन्य जन्तुको पनि संरक्षण हुने भएकाले सुखा स्थानमा वृक्षरोपणका साथै ८३ वटा पोखरी निर्माण गरी पानीको व्यवस्थापन गरिएको बताउनुभयो ।

निकुञ्जले निकुञ्ज आसपासका जनताका समस्या समाधान नगर्दा जनता मारका परेकाले अन्नबाली क्षतिको पूर्ति दिनुपर्ने पत्रकार महासंघका अध्यक्ष राजेन्द्र घिताललगायतले माग गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...