मेक्सिकोमा छ महिनामा आठ पत्रकारको हत्या, किन हुन्छ पत्रकारको हत्या



हाम्रो इकोनोमि

मेक्सिकोमा यसवर्ष कम्तीमा पनि आठजना पत्रकारको हत्या भएको छ । यसरी हत्या भएका आठौँ पत्रकारमा जोसे गुडालुपे चान पर्नुभएको मेक्सिकोबाट प्राप्त समाचाराम जनाइएको छ ।  मेक्सिकोको पूर्वी प्रदेश क्विन्टानारुमा रहेको एक रेष्टुरेन्टमा ती पत्रकारको हत्या भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

प्रदेशको अभियोक्ताको कार्यालयले दिएको जानकारी अनुसार चानलाई शुक्रबार बेलुकी रेष्टुरेन्टमा खाना खाइरहेका बेला अज्ञात व्यक्तिले पटक पटक गोली प्रहार गरेको जनाइएको छ । कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा फेलिप कारिल्लो पुएर्टोमा रहेको एउटा रेष्टुरेन्टमा उहाँमाथि गोली प्रहार भएको उल्लेख गरिएको छ ।

घटनाका बारेमा अनुसन्धान सुरु शुरु भएको र उहाँको हत्याको बारेमा यथार्थ भने पत्ता नलागेको पनि सरकारी अधिकारीहरुले बताएका छन् । हत्या गरिएका चान एक स्थानीय अनलाइन पोर्टलमा कार्यरत हुनुहुन्थ्यो । प्रदेशका सरकारी अधिकारीहरुले उहाँको हत्यागर्ने अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याइछाड्ने दावी गरेका छन् ।

स्थानीय केही प्रत्यक्षदर्शीहरुले दिएको जानकारीअनुसार केही शंकास्पद व्यक्तिहरु रेष्टुरेन्टभित्र पसेर ती पत्रकारमाथि गोली प्रहार गरेका थिए । मानवअधिकार रक्षक र पत्रकारहरुको एक केन्द्रीय संयन्त्रले सन् २००१ देखि अहिलेसम्म मेक्सिकोमा १३९ जना पत्रकारको हत्या भएको छ । तीमध्ये अधिकांश पछिल्लो दशकमा मारिएका हुन् ।

मेक्सिको विश्वमै पत्रकारहरुका लागि अत्यन्त खतरा र जोखिम रहेको देशमा पर्दछ । घटना भएको थाहा पाएपछि शनिबार बिहान पत्रकारले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले पत्रकार चानको हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । उनीहरुले प्रदर्शन गरेको व्यानरमा लेखिएको छ, “पत्रकारलाई मार्दैमा सत्य डग्दैन ।”

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...