उपप्रधानमन्त्री पोखरेललाई कोसियारीले यस्तो गराए जानकारी नेपाल–भारतवीच अब कुनै समस्या नआउने गरी प्रतिवेदन तयार गर्ने



नेपाल–भारतवीच १९५० को शान्ति तथा मैत्री सन्धिसहितका द्धिपक्षीय सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले आफ्नो कार्य ९साझा प्रतिवेदन० सम्पन्न गरेलगत्तै भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीले उपप्रधान मन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गर्नुभएको छ ।

ईपीजीको कार्यकाल सकिदैं लाग्दा उपप्रधानमन्त्रीको नीजिनिवास धापासीमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, सरकारका कार्ययोजना, दुई देशबीचको सम्वन्धको बढ्दो उचाई, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलगायतका विभिन्न पक्षका बारेमा छलफल भएको छ । साझा प्रतिवेदन तयार पारेको अवगत गराउँदै भारतीय पक्षका संयोजक कोसियारीले नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर होस भन्ने भारतले चाहेको बताउनु भयो ।

कोसियारीले आगामी दिनमा दुई देशका बीचमा समस्या नआउने गरी सुझाव तयार गरेर प्रतिवेदन निर्माण गरिएको जानकारी गराउनु भयो । नेपालसँगको सीमा जोडिएको भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री समेत भैसकेका कोसियारी भारतीय जनता पार्टीका वरिष्ठ नेतामध्येका एक हुनुहुन्छ ।

साझा प्रतिवेदनतयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री पोखरेलले कोसियारीलाई विशेष धन्यवाद दिनुभयो । उहाँले दुवै देशले प्रतिवेदनलाई इमान्दारीताका साथ कार्यन्वयन गर्ने तर्फ ध्यानदिने विश्वास व्यक्त गर्नुभयो ।

‘जसरी समझदारीका साथ प्रतिवेदन तयार गर्नुभएको छ, अव प्रभावकारी कार्यन्वयनमा पनि तपाईले भूमिका खेल्नुपर्छ,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो । उहाँले दुई देश बीचको सम्वन्ध सुमधुर बनाई राख्न राजनीतिक तहमा पनि नियमित भेटघाट र अन्तक्र्रिया भैरहनु पर्नेमा जोड दिनुभयो ।

‘नेपाल–भारतबीचको सम्वन्धलाई बलियो र सुमधुर बनाई राख्न राजनीतिक तहमा पनि नियमित भेटघाट, अन्तक्र्रिया र छलफल हुन जरुरी छ,’ उहाँको भनाई थियो । उहाँले दुई देशबीचआइपर्ने कतिपय व्यवहारिक समस्या पनि समझदारीका साथ छलफल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

साझा प्रतिवेदनतयार भएपनि केही दिनभित्रै औपचारिक ढंगले दुई देशका सरकार प्रमुखलाई बुझाउने तयारी समितिको छ ।उ पप्रधानमन्त्रीएवं रक्षामन्त्री पोखरेललाई भेटेपछि कोसियारीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्