साबधान ।। पत्रकार यादव थपलियाको भाइरल इन्फ्लुएन्जाका कारण निधन,के हो भाइरल इन्फ्लुएन्जा ? यसरी फैलियो काठमाडौमा



हाम्रो इकोनोमि

केहि दिनअघि मात्र ३९ बर्षीय पत्रकार तथा कवि यादव थपलियाको भाइरल इन्फ्लुएन्जाका कारण निधन भयो ।

ज्वरो, रुघाखोकीलगायतका समस्याको लागि अस्पताल भर्ना भएका थपलियाको भाइरल इन्फ्लुएन्जाजस्तो सामान्य देखिने रोगबाट निधन हुनु अपत्यारिलो बन्यो । यस्ता धेरै घटना दिनहुँ घटिरहेका छन् । तसर्थ भाइरल इन्फ्लुएन्जाबारे जानकारी लिनु अपरिहार्य छ ।

के हो भाइरल इन्फ्लुएन्जा रु

भाइरल इन्फ्लुएन्जा भनेको भाइरसको संक्रमणको कारण लाग्ने रुघा हो । ज्वरो आउने, जाडो हुने, काम्ने, खोकी लाग्ने, घांटी दुख्ने, सास फेर्न गाह्रो हुने, स्वर बस्ने, सिंगान आइरहने, छाती दुख्ने, शरीरमा घमौरा आउने, वान्ता हुने, रिंगटा लाग्ने, एकदम थकित हुने, सम्पूर्ण शरीर दुख्ने तथा ज्वरोको औषधि खाएपनि लामो समय निको नहुने जस्ता लक्षण देखिन्छन् ।

बच्चाहरुमा छिटोछिटो सास बढ्ने, सास फेर्न गाह्रो हुने, छालाको रंग निलोनिलो देखिने, पानी तथा झोलिलो खाना नखाने, सुतिरहने, बिमिरासहितको ज्वरो आउने, रुघा र खोकीले ग्रस्त बनाउने लक्षण देखिन्छन ।

यस्ता लक्षण सामान्य वा मौसमी रुघामा, छाती वा घाँटीको संक्रमणमा, टाइफाइड तथा निमोनियामा पनि देखिने भएकोले अभिभावक तथा चिकित्सक पनि झुक्किने सम्भावना हुन्छ ।

मुटुको रोग, मधुमेह, दम, छातीको इन्फेक्सन भइरहने व्यक्ति, बालबालिका, बृद्धबृद्धा, स्वास्थ्यकर्मी, विद्यार्थी, गर्भवती महिला, मृगौला तथा क्यान्सरका बिरामी आदि जोखिम वर्गमा पर्दछन् । भाइरल इन्फ्लुएन्जामा एन्टिबायोटिकले सेकेण्डरी इन्फेक्सन रोक्ने बाहेक निको गर्न सक्दैन ।

ज्वरो, खोकीलगायतको लाक्षणिक उपचार गर्ने, घरमै आराम गर्ने, प्रशस्त झोलिलो एवं पोषिलो खानेकुरा खाने तथा गाह्रो भएमा अस्पताल जाने जस्ता उपचारका प्रक्रिया हुन्छन् । एन्टी भाइरस औषधी सबैलाई प्रभावकारी हुँदैनन् । भाइरल इन्फ्लुएन्जा ठिक नभएर निमोनियालगायत कम्प्लिकेसन भएमा सन्चो हुन एकदम गाह्रो हुन्छ ।

रोकथामका उपाय

६ महिनाभन्दा माथिका उमेरका सबैले इन्फ्लुएन्जाको भ्याक्सिन अनिबार्य रुपमा लगाउनुपर्छ । यो खोप निकै प्रभावकारी छ ।
रुघाखोकी लागेको व्यक्तिलाई घरमा छुट्टै कोठामा राख्ने, उसले प्रयोग गरेका सामान प्रयोग नगर्ने तथा नजिकबाट संसर्ग गर्नुहुँदैन ।
रुघाखोकी लागेको व्यक्तिसँग दुरी राख्ने, राम्रो खालको मास्क लगाएर कुरा गर्ने गर्नुपर्दछ ।
विद्यालय, अस्पताल, सिनेमा घर, सार्वजनिक बस, सपिंग मल, स्विमिंग पुल आदिबाट एकार्कामा रोग चाँडो फैलिने सम्भावना हुन्छ । तसर्थ भिडभाडमा जानु हुँदैन ।
साबुनपानीले वा स्यानिटाइजरले राम्रोसँग हात सफा गरेर मात्र खाना खाने गर्नुपर्दछ ।
मुख, नाक तथा आँखामा हात सफा नगरी छुनुहुंदैन ।
सुर्ती तथा रुघाखोकी लागेको बेला रक्सी खानुहुँदैन ।
आफुले काम गर्ने अर्थात हातले छुने ठाउँलाई सफा गर्नुपर्दछ ।
बाटोमा हिंड्दा वा भिडमा जाँदा मास्क लगाउनुपर्दछ ।
बिरामी हुँदा घरमा आराम गर्ने, प्रशस्त झोलिलो तथा पोषिलो खाने कुरा खानुपर्दछ ।
रुघाखोकी तथा ज्वरो आउने बित्तिकै आफ्नो चिकित्सकसँग परामर्श गर्ने, दिएको औषधि नियमित सेवन गर्ने तथा अपेक्षित सुधार नभए तुरुन्त अस्पताल जानुपर्दछ ।

प्रतिक्रिया दिनुहोस
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...

आज ४ बजे देखि भोलि बिहान ६ बजे सम्म तीव्र गतिको हावाहुरी चल्ने

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु...