बुङ्मती क्षेत्रमा चक्रपथ बाहिर बनाउन माग



प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद पम्फा भुसालले तराई– मधेश जोड्ने द्रुत मार्ग बनाउँदा ललितपुरको बुङ्मती क्षेत्रमा चक्रपथ बाहिर बनाउन माग गर्नुभएको छ ।

उहाँले धान रोप्ने समयमा बुङमतीवासी आतंकित भएका तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पुष्पा भुसालले संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने विधेयक ल्याउन सरकारसित माग गर्दै आफ्नो पार्टी सदन छाडेर नबाहिरिने स्पष्ट पार्नुभयो ।

सांसद अमृता अग्रहरिले तराई– मधेश जिल्लामा धान रोप्ने समयमा मल तथा डिजेलको अभाव रहेका तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उमाशंकर अगरियाले धनुषा जिल्लाका नदी नियन्त्रणका लागि बजेट नभएको हुँदा वर्षात् बाढी आउँदा स्थानीय बासिन्दा अहिले बिचल्लीमा परेका छन् भन्नुभयो ।

सांसद प्रेम सुवालले नेपाली भूमि सीमा क्षेत्रमा अतिक्रण हुँदा सरकार के गर्दैछ भन्ने प्रश्न गर्दै सीमा क्षेत्रमा बनेका बाँधका कारण नेपाली भूमि वर्षात्का समयमा डुबानमा परेको बताउनुभयो ।

सांसद हृदयेश त्रिपाठीले संविधानअनुसार राज्य पुनःसंरचना गर्दा संरक्षित र विशेष क्षेत्र घोषणा गर्न माग गर्नुभयो । सांसद राजेन्द्र केसीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा यसको असर सबैतर्फ परेको बताउँदै सरकारले निषेधित क्षेत्र घोषणा गरी लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाउनुभयो ।

सांसद महेश्वर गहतराजले तराई–मधेश जिल्लाका नदी नियन्त्रणमा ध्यान दिन माग गर्नुभयो । सांसद नरबहादुर धामीले महाकाली अञ्चल अस्पतालमा दरबन्दीअनुसार २७ चिकित्सक पठाउन सरकारसित माग गर्नुभयो ।

सांसद दलबहादुर रानाले पाल्पा जिल्लामा रहेका विद्यालयका भौतिक पूर्वाधारमा ध्यान दिन र शिक्षक दरबन्दी मिलानमा ध्यान दिन आग्रह गर्नुभयो । सांसद नवराज सिलवालले काठमाडाँै उपत्यकालाई प्रदूषणमुक्त शहर बनाउन सरकारले विशेष कार्ययोजना ल्याउनुपर्छ भन्नुभयो । सांसद दुर्गा पौडेलले प्रा डा गोविन्द केसीका विगतका मागलाई कार्यान्वयन गर्न सरकारले ध्यान दिनुपर्ने माग गर्नुभयो ।

वन नीति ल्याउन माग
बैठकको शून्य समयमा सांसदले भू–उपयोग नीति ल्याउन, सुकुम्वासी समस्या समाधान गर्न र गैरआवासीय नेपालीलाई नेपालमा लगानीको वातावारण मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरुले आमाका नामबाट नागरिकता वितरण गर्न, महँगी नियन्त्रण गर्न, बाढीपहिरो जस्ता विपद् रोकथाममा ध्यान दिन र नयाँ वन नीति ल्याउन पनि माग गर्नुभयो । शून्य समयमा अम्बिका थापा, आशाकुमारी विक, कृष्णकुमार श्रेष्ठ, कृष्णभक्त पोखरेल, खगराज अधिकारी, गणेश पहाडी र छक्कबहादुर लामा हुनुहुन्थ्यो । बैठक आधा घण्टाका लागि स्थगन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्