राज्यमा हिंसात्मक घटनामा बृद्धि हुँदै, आज मात्र बन्दुकधारीद्वारा सत्र जनाको हत्या



हाम्रो इकोनोमि

गएका केही दिनयतादेखि हिंसा मच्चिएको नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा अझै हिंसा रोकिएको छैन ।

त्यहाँ लुटेराको एक हतियारधारी समूहले बिहीबार राति गरेको आक्रमणमा कम्तीमा १७ जना सर्वसाधारण मारिएका छन् । उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले शुक्रबार बताएका छन् ।

जाम्फरा राज्यमा हिंसाको क्रम नरोकिएको र ग्रामीण क्षेत्रको दानमनी र काबारो समुदायमा उक्त आतङ्ककारी हमला गरी गाउँलेको सम्पत्तिसमेत लुटेर लगेको बताइएको छ ।

स्थानीय प्रहरी सालिसु दाङगुल्बीले दिएको जानकारीअनुसार लुटेराको सशस्त्र समूह गाउँमा पसेर अन्धाधुन्ध गोली चलाउन थालेपछि कतिपय गाउँले ज्यान जोगाउन भागेका थिए ।

आक्रमण भएको स्थानमा सेनासहित प्रहरी पुगेको र अहिले घटनास्थलको अवस्था सामान्य बन्दै गएको उक्त राज्यका प्रहरी प्रवक्ता मोहम्मद सेहेहुले भन्नुभयो ।

सो क्षेत्रमा यसअघि पनि गत महिना यस्तै हतियारधारीको समूहले गरेको आक्रमणमा परी ३० जना निर्दोष गाउँले मारिएको पनि प्रहरी प्रमुखले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...