महिलाले हलो जोत्न हुदैन भन्ने मान्यतालाई विस्थापित गर्दै यान्त्रिक हलो



महिलाले गोरुको सहायताले खेत जोत्न नहुने मान्यता हाम्रो समाजमा व्याप्त रहेको छ । तथापी अहिले हलो जोत्ने महिला नभएका होईन्न। तर पनि अहिले प्रविधिले हामीलाइृ झन सजिलो बनाईदिएको छ । प्रविधिकै प्रयोग गरेरम्याग्दीका ग्रामीण महिलाले हिजोआज खेत जोत्न थालेका छन् ।

महिलाले गोरुको सहायताले खेत जोत्न नहुने परम्परा रहे पनि पछिल्लो समयमा यान्त्रिक हलो गाउँगाउँमा भित्रिएपछि उनीहरु खेत जोत्न थालेका हुन् ।

बिहीबार रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा धान रोपाइँमा यान्त्रिक हलोले खेत जोतिरहेकी कमला केसीले यान्त्रिक हलो ९मिनी पावर टिलर० गाउँमा भित्रिएपछि महिलालाई पनि खेत जोत्न सक्ने सुविधा भएको बताउनुभयो ।

“गोरुले जोत्दा महिलाले हलो छुन हुँदैन भन्थे, खेत जोत्नका लागि मान्छे खोज्नुपर्ने बाध्यता थियो, अहिले यान्त्रिक हलो भित्रिएपछि भाडामा लिएर आफँैले समेत जोत्ने गर्छौं”, केसीले भन्नुभयो ।

पछिल्लो समय गाउँघरमा गोरु पाल्ने चलन हराउँदै गएको सन्दर्भमा यान्त्रिक हलोको प्रयोग बढिरहेको छ । छिटो र छरितोरुपमा खेत जोत्न सकिने भएकाले पनि कृषक यान्त्रिक हलोको प्रयोगतर्फ आकर्षित भइरहेका छन् ।

गोरु पाल्न झन्झट हुने गरेको अवस्थामा आफूलाई आवश्यक परेको समयका लागिमात्रै खर्च गरेर पनि खेत जोत्न सकिने भएकाले यान्त्रिक हलो कृषकलाई उपयोगी बनेको मौवाफाँटका कृषक मुकुन्द शर्माले बताउनुभयो ।

गोरुको विकल्पमा ट्र्याक्टरको प्रयोगले खेत रोपाइँलगायतको खेती गर्दा लागतसमेत कम लाग्ने उहाँको भनाई छ ।

स्थानीय कृषकसंग मिलेर शर्माले दुईवटा हाते ट्र्याक्टरका रुपमा चिनिने यान्त्रिक हलो रु ७० हजारमा खरिद गरेका छन् । यसका लागि रघुगंगा गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएको अर्का कृषक मुक्ति सुवेदीले बताउनुभयो ।

“परम्परागत रुपमा खेत जोत्नका लागि वर्षभरि गोरु पाल्नु पर्दथ्यो, गोरु पाल्दा लागत पनि बढी हुन्छ, साँध सिमानामा रहेका अन्य व्यक्तिको बाली खाइदिने डर पनि हुन्छ, तर यान्त्रिक हलोले जोत्दा समग्रमा छिटो र छरितोसँगै लागतसमेत कम हुन आउँछ”, सुवेदीले भन्नुभयो ।

कृषिलाई व्यावसायिक बनाउने उद्देश्यले रघुगंगा गाउँपालिकाले प्रविधिमैत्री कृषितर्फ कृषकलाई आकर्षित गर्ने नीति लिएको छ । यस वर्ष गाउँपालिकाले कृषकको मागबमोजिम सातवटा यान्त्रिक हलो अनुदानमा वितरण गरेको छ ।

गाउँपालिकाले पिप्ले र मौवाफाँटमा चार, भगवती, पाखापानी र चिमखोलामा एक एकवटा यान्त्रिक हलो अनुदानमा वितरण गरेको गाउँपालिकाका कृषि संयोजक चन्द्रकुमार आलेले जानकारी दिनुभयो ।

थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्ने झन्झट नहुने र कम लागतमा खेती गर्न सकिने भएकाले ५० प्रतिशत अनुदानमा कृषकलाई यान्त्रिक हलो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

“गाउँघरमा जनशक्तिको अभाव छ, गोरु पाल्नका लागि घाँसदेखि गोठसम्मको बन्दोबस्त गर्नुपर्ने झन्झटलाई हटाउन प्रविधिमैत्री कृषिमा जोड दिएका छौँ, उहाँले भन्नुभयो, “यान्त्रिक हलोतर्फ कृषकलाई आकर्षित गराएर व्यावसायिक बनाउने हाम्रो लक्ष्य छ ।”

जिल्लाको रघुगंगा गाउँपालिकासँगै मंगला, धौलागिरि र मालिका गाउँपालिकाले समेत यस वर्ष कृषकलाई अनुदानमा यान्त्रिक हलो वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु