पत्रकारले सकरात्मक भूमिका निर्वाह गर्नुपर्ने मन्त्री बाँस्कोटा



हाम्रो इकोनोमि

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशलाई समृद्धितर्फ लैजान पत्रकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुुभएको छ ।

आज झापाको दमकस्थित पत्रकार मञ्चको कार्यालय उद्घाटन गर्दै उहाँले भन्नुभयो “अब देशलाई समृद्धितर्फ रुपान्तरण गर्ने जिम्मेवारी सरकारको हो तर सो लक्ष्य पूरा गर्न सञ्चारमाध्यमले पनि साथ दिनुपर्छ । ”

सञ्चारमन्त्री बाँस्कोटाले प्रेस जगतलाई थप मर्यादित र व्यावसायिक बनाउने खाँचो रहेको छ चर्चा गर्दै सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो, “सञ्चारमाध्यमको नीतिगत व्यवस्थापनमा चुनौती देखिए निराकरणका लागि सरकार गम्भीर छ ।”

प्रेस जगत विश्सनीय र व्यावसायिक भइ देश तथा समाजप्रति थप उत्तरदायी बन्न सके देशले छिट्टै फड्को मार्ने विश्वास व्यक्त गर्दै उहाँले समाजका बेथिति मात्र केलाएर सञ्चारमाध्यमको दायित्व पूरा नहुने उल्लेख गर्नुभयो ।

“अबको सञ्चारमाध्यमले समाजको साझा भावना र मर्ममा पनि जवाफदेही बन्नुपर्छ ।” मन्त्री बाँस्कोटाले भन्नुभयो, “सञ्चारमाध्यमको समस्यासमाधान गर्न सरकार प्रतिबद्ध छ।”

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...