प्रधानमन्त्री ओलीले‘ नेपाली कांग्रेसलाई भ्रम नफैलाउन दिए यस्तो चेतावनी, अधिनायकवाद आउछ भन्नु कांग्रेसको थेगो जस्तै भयो ।



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकतन्त्र खतरामा छ’ भनेर जनतामा भ्रम नछर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित सवै पक्षलाई आग्रह गर्नुभएको छ ।

आफूहरुले नै लडेर ल्याएको लोकतन्त्रमा कुनै संझौता नहुने घोषणा गर्दै प्धानमन्त्री ओलीले मुलुकमा अधिनायकवाद आउँछ, लोकतन्त्रमा खतरा पर्यो भन्ने भ्रम नछर्न बिपक्षीलाई आग्रह गर्नुभएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मुलुकमा अधिनायकवाद आउँछ भन्नु बजारमा शब्जी किन्न जाँदा गरिने थेगो मात्रै भएको पनि प्रष्ट पार्नुभयो ।

‘बजारमा तरकारी किन्न जाँदा चाइने साग, चाइने, आलु, चाइने प्याज भनेजस्तै हो अधिनायकवाद आउँछ भन्ने कुरा, यस्तो थेगो अव नगरौं, नयाँ बाटो। सधै हिडिरहेको बाटो अध्याँरोमा पनि थाह पाइन्छ, तर अहिले हामी नयाँ संरचना निर्माण र तीब्र आर्थिक बिकाशको नयाँ बाटोमा हिडिरहेका छौं, नयाँ बाटो हिडदा मनमा अनेक आशंका आउँछ, उज्यालोमै पनि बाटो त ठीक हो नि, पुगिन्छ नि भन्ने आशंका हुन्छ, अहिले यस्तै भइरहेको छ,’ प्रधानमन्त्रीी ओलीले भन्नुभयो ।

चैनेकेरे, माने भन्ने जस्तो थेगो रहेको भन्दै उनले ‘अधिनायकवाद आउँछ’ भन्ने पनि त्यस्तै भएको ठोकुवा गर्नुभयो । ‘लोकतन्त्र जान्छ कहाँ रु लोकतन्त्र जान्छ भने आउँछ के रु जनताको जागरण, एकता र ठूलो संघर्षबाट आएको लोकतन्त्रलाई कुन तागतले यसलाई पन्छाउन सक्छ,’ सरकार लोकतन्त्र प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ।

लोकतन्त्र कसैले किस्तीमा सजाएर दिएको वा अरुको पसिनाले आन्र्या होइन भन्दै उनले त्यसका लागि ४५९५० वर्षदेखि लागेका घाउका खतहरु अझै रहेको बताउनु भयो । २०३६ सालको जनतन्त्र संग्रह ताका केटाकेटी रोयो भने पनि ‘चुप लाग चुप लाग, जनमत संग्रह भाँडिन्छ’ भन्ने गरिएको सुनाउँदै भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘केटाकेटीलाई हाउगुजी देखाए जस्तो लोकतन्त्र जान्छ भनिएको छ । यसरी जनतामा भ्रम फैउलाउने कुरा देशका लागि हितकर छैन ।’

प्रधानमन्त्री ओलीले राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान लगायतका निकायलाई प्रभावकारी बनाउनकै लागि प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको प्रष्ट पार्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...