प्रदेश नं. ५ः आर्थिक विधेयक पारित



हाम्रो इकोनोमि

प्रदेश नं.५ मा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक ९प्रदेश नं ५ आर्थिक विधेयक, २०७५० बहुमतले पारित भएको छ ।

सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरेको विधेयकका पक्षमा ‘हुन्छ’ भन्नेको बहुमत भएकाले विधेयक पारित भएको घोषणा गर्नुभयो । यसअघि उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव मुख्यमन्त्री तथा आर्थिक मामिला, योजनामन्त्री शंकर पोखरेलले प्रस्तुत गर्नुभएको थियो । विधेयकको विपक्षमा नेपाली काँग्रेसले मत जाहेर गरेको थियो ।

त्यसअघि प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले सहमति, सहकार्य र एकताका साथ अघि बढ्न विपक्षीलाई आग्रह गर्दै नीति प्रक्रियाबाट विभिन्न विषयको सम्बोधन हुने बताउनुभयो ।

बैठक बहिष्कार गरेर टुंगोमा पुग्न नसक्ने उल्लेख गर्दै उहाँले प्रदेशसभामार्फत आवाज बुलन्द गरेर मात्रै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “असहमति राख्ने विषय पनि प्रणालीगत हुनुपर्छ ।”

मुख्यमन्त्री पोखरेलले प्रतिपक्षको आवाज बुलन्द गर्न नै प्रदेशसभा आवश्यक भएको उल्लेख गर्दै प्रतिपक्षीविनाको बैठक सञ्चालन सुखद् नभएको बताउनुभयो । उहाँले बजेटमा सत्ता र प्रतिपक्ष नहुने बताउँदै बजेटमा राजनीतिक पूर्वाग्रह नराखिएको तर्क गर्नुभयो ।

भौतिक पूर्वाधारमन्त्री वैजनाथ चौधरीले आवश्यकताका आधारमा बजेट विनियोजन भएको उल्लेख गर्दै प्रदेश सरकारबाट तयार गरिएको योजना संश्लेषण गर्न सकिने बताउनुभयो । बजेटका विषयमा सामाजिक विकासमन्त्री सुदर्शन बराल र भूमि व्यवस्था तथा कृषिमन्त्री आरती पौडेलले पनि प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...