प्रदेश नं. ५ः आर्थिक विधेयक पारित



हाम्रो इकोनोमि

प्रदेश नं.५ मा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक ९प्रदेश नं ५ आर्थिक विधेयक, २०७५० बहुमतले पारित भएको छ ।

सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरेको विधेयकका पक्षमा ‘हुन्छ’ भन्नेको बहुमत भएकाले विधेयक पारित भएको घोषणा गर्नुभयो । यसअघि उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव मुख्यमन्त्री तथा आर्थिक मामिला, योजनामन्त्री शंकर पोखरेलले प्रस्तुत गर्नुभएको थियो । विधेयकको विपक्षमा नेपाली काँग्रेसले मत जाहेर गरेको थियो ।

त्यसअघि प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले सहमति, सहकार्य र एकताका साथ अघि बढ्न विपक्षीलाई आग्रह गर्दै नीति प्रक्रियाबाट विभिन्न विषयको सम्बोधन हुने बताउनुभयो ।

बैठक बहिष्कार गरेर टुंगोमा पुग्न नसक्ने उल्लेख गर्दै उहाँले प्रदेशसभामार्फत आवाज बुलन्द गरेर मात्रै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “असहमति राख्ने विषय पनि प्रणालीगत हुनुपर्छ ।”

मुख्यमन्त्री पोखरेलले प्रतिपक्षको आवाज बुलन्द गर्न नै प्रदेशसभा आवश्यक भएको उल्लेख गर्दै प्रतिपक्षीविनाको बैठक सञ्चालन सुखद् नभएको बताउनुभयो । उहाँले बजेटमा सत्ता र प्रतिपक्ष नहुने बताउँदै बजेटमा राजनीतिक पूर्वाग्रह नराखिएको तर्क गर्नुभयो ।

भौतिक पूर्वाधारमन्त्री वैजनाथ चौधरीले आवश्यकताका आधारमा बजेट विनियोजन भएको उल्लेख गर्दै प्रदेश सरकारबाट तयार गरिएको योजना संश्लेषण गर्न सकिने बताउनुभयो । बजेटका विषयमा सामाजिक विकासमन्त्री सुदर्शन बराल र भूमि व्यवस्था तथा कृषिमन्त्री आरती पौडेलले पनि प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
मिडिया हाउसको गेटमा बेवारिसे गाडी आतंक, कारबाही गर्न माग

    काठमाडौंका विभिन्न मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी आतंक...

सस्तो लोकप्रियतावादबाट देश बदलिदैँन : महासचिव पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद...

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...