आगलागीमा परी १५ को मृत्यु



हाम्रो इकोनोमि

केन्याको सवैभन्दा ठूलो खुल्ला बजार गिकोम्बामा भएको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

राजधानी नैरोवीको ग्रामिण क्षेत्रमा रहेको सो बजारमा भएको घटनामा परी अरु पचास जनाभन्दा बढी घाइते भएको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

“स्थानीय समय अनुसार बुधबार राती २ बजेतिर घटना भएको थियो, घाइतेहरुलाई स्थानीय केन्याटा राष्ट्रिय अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ,” अस्पतालका एक अधिकारीले भने ।

प्रत्यक्षदर्शीहरूले आगोले जलेका केही व्यक्तिहरु घाइते अवस्थामै दौडेको देखेको बताएका छन् ।

एक पटक प्रयोग भइसकेको कपडा, विद्युतीय सामग्रीहरु, किराना सामानलगायतका सामानहरु बेच्ने बजारको रुपमा सो बजार चर्चित थियो ।

घटनामा परी घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक रहेको अस्पतालका स्वास्थ्यकर्मीहरूले जनाएका छन् । आगलागी भएको बजार नजिकै रहेका घरहरुमा पनि आगोको असर पुगेको छ ।

नैरोवी प्रहरी कार्यालयका प्रमुख जोसेफ ओल टिटोले घटनाका बारेमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...