आगलागीमा परी १५ को मृत्यु



हाम्रो इकोनोमि

केन्याको सवैभन्दा ठूलो खुल्ला बजार गिकोम्बामा भएको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

राजधानी नैरोवीको ग्रामिण क्षेत्रमा रहेको सो बजारमा भएको घटनामा परी अरु पचास जनाभन्दा बढी घाइते भएको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

“स्थानीय समय अनुसार बुधबार राती २ बजेतिर घटना भएको थियो, घाइतेहरुलाई स्थानीय केन्याटा राष्ट्रिय अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ,” अस्पतालका एक अधिकारीले भने ।

प्रत्यक्षदर्शीहरूले आगोले जलेका केही व्यक्तिहरु घाइते अवस्थामै दौडेको देखेको बताएका छन् ।

एक पटक प्रयोग भइसकेको कपडा, विद्युतीय सामग्रीहरु, किराना सामानलगायतका सामानहरु बेच्ने बजारको रुपमा सो बजार चर्चित थियो ।

घटनामा परी घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक रहेको अस्पतालका स्वास्थ्यकर्मीहरूले जनाएका छन् । आगलागी भएको बजार नजिकै रहेका घरहरुमा पनि आगोको असर पुगेको छ ।

नैरोवी प्रहरी कार्यालयका प्रमुख जोसेफ ओल टिटोले घटनाका बारेमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...