मदन भण्डारी नभएको भए ०४६ सालको आन्दोलन नै नहुने प्रधानमन्त्री ओलीको ठोकुवा



हाम्रो इकोनोमि

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी नभएको भए ०४६ सालको जनआन्दोलन नै नहुने बताउनु भएको छ ।

जननेता मदन भण्डारीले नेपाली कांग्रेसलाई मिलेर आन्दोलनमा जान सहमत गराएपछि मात्र २०४६ सालमा संयुक्त आन्दोलन भएको ठोकुवा प्रधानमन्त्री ओलीले गर्नुभएको हो । ‘जननेता मदन भण्डारीले नेपाली कांग्रेसलाई मिलेर आन्दोलनमा जान सहमत गराएपछि मात्र २०४६ सालमा संयुक्त आन्दोलन भएको हो, उहाँ नभएको भए जनआन्दोलन नै हुने थिएन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

मदन भण्डारीको ६७औं जन्मजयन्तीका अवसरमा भएको आज आयोजित विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको जनआन्दोलन मात्र नभई भण्डारीले विश्व कम्युनिस्ट आन्दोलनलाई नै नयां गति र बाटो दिएको ठोकुवा गर्नुभयो ।

कार्यक्रममा नेपली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफू जर्मनीमा रहेका बेला अमेरिका बाट निस्कने न्युजविक पत्रिकमा मदन भण्डारीको अन्तर्वार्ता पढेको प्रसंग कोट्याउंदै मदन भण्डारी सांच्चिकै जादुरगरी नेता बताएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...