मदन भण्डारी नभएको भए ०४६ सालको आन्दोलन नै नहुने प्रधानमन्त्री ओलीको ठोकुवा



हाम्रो इकोनोमि

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी नभएको भए ०४६ सालको जनआन्दोलन नै नहुने बताउनु भएको छ ।

जननेता मदन भण्डारीले नेपाली कांग्रेसलाई मिलेर आन्दोलनमा जान सहमत गराएपछि मात्र २०४६ सालमा संयुक्त आन्दोलन भएको ठोकुवा प्रधानमन्त्री ओलीले गर्नुभएको हो । ‘जननेता मदन भण्डारीले नेपाली कांग्रेसलाई मिलेर आन्दोलनमा जान सहमत गराएपछि मात्र २०४६ सालमा संयुक्त आन्दोलन भएको हो, उहाँ नभएको भए जनआन्दोलन नै हुने थिएन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

मदन भण्डारीको ६७औं जन्मजयन्तीका अवसरमा भएको आज आयोजित विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको जनआन्दोलन मात्र नभई भण्डारीले विश्व कम्युनिस्ट आन्दोलनलाई नै नयां गति र बाटो दिएको ठोकुवा गर्नुभयो ।

कार्यक्रममा नेपली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफू जर्मनीमा रहेका बेला अमेरिका बाट निस्कने न्युजविक पत्रिकमा मदन भण्डारीको अन्तर्वार्ता पढेको प्रसंग कोट्याउंदै मदन भण्डारी सांच्चिकै जादुरगरी नेता बताएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...