शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापनाको लागि परियोजना प्रतिवेदनको काम अन्तिम चरणमा



हाम्रो इकोनोमि

शक्तिखोरस्थित औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण अन्तिम चरणमा पुगेको छ ।

यसको वातावरण प्रभाव मूल्यांकन ९इआइए० को काम शुरु भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतका अनुसार असार पहिलो साताबाट सूचना जारी गरी इआइएको प्रक्रिया शुरु गरिएको हो ।

बस्नेतका अनुसार यही असार ७ गते प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन ९इआइए०का लागि सूचना जारी भइसकेको छ । मुलुकका विभिन्न ठाउँमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भइसकेकाले ती क्षेत्रमा पनि निर्माणको काम तीव्र पारिएको छ ।

“शक्तिखोर र झापाको दमकलाई प्राथमिकता दिएका छौँ,” उहाँले भन्नुभयो । विसं २०७३ फागुन ३ गते बसेको मन्त्रिपरिषद् बैठकले औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो ।

चितवनको शक्तिखोरमा एक हजार ७४१ बिघा क्षेत्रमा औद्योगिक क्षेत्र बनाइँदैछ । सरकाले प्रदेश नं १, २, ४ र ६ मा एक÷एक, प्रदेश नं ३ मा २, प्रदेश नं ५ मा ३ र प्रदेश नं ७ मा दुईवटा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको छ ।

शक्तिखोरस्थित पूर्वमाओवादी लडाकुको शिविर नजिक एक हजार ७४१ बिघा क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने काम थालिएको हो । डिपिआर र इआइएको काम सकिएपछि व्यवस्थापन र निर्माणको काम थालिने बताइएको छ । चितवनमा २५ प्रतिशत मात्रै रूख काटिने र त्यसमा पनि कुकाठ पर्नेछ । वातावरणमैत्री र पार्कसहितको अत्याधुनिक औद्योगिक क्षेत्र निर्माण हुने अध्यक्ष बस्नेत बताउनुहुन्छ ।

कूल क्षेत्रमध्ये २५ प्रतिशत पार्कलाई छुट्याउनुपर्ने व्यवस्था छ । अब बन्ने औद्योगिक क्षेत्र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक बन्ने बताइएको छ । पच्चिस प्रतिशत क्षेत्रमा पार्क हुनेछ । क्षेत्रभित्रै विद्यालय, खेलमैदान तथा अस्पताल बनाइनेछ । औद्योगिक क्षेत्र भित्रै अपार्टमेन्टसमेत निर्माण गरिने बस्नेत बताउनुहुन्छ । आवासीय रुपमा मजदुर रहने व्यवस्था हुनेछ ।

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले यहाँ औद्योगिक क्षेत्र निर्माण हुन लागेकामा खुशी व्यक्त गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले औद्योगिक क्षेत्र निर्माणका लागि शुरुदेखि नै संघले पहल गरिरहेकाले अहिले काम तीव्र गतिमा अघि बढेको भन्दै आगामी एक वर्ष भित्रमा पहिलो ब्लकको संरचना निर्माण हुने आशा व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...