छ वर्षपछि सिँचाइ कुलो प्रयोगमा



हाम्रो इकोनोमि

अन्नपूर्ण गाउँपालिका–६ घारमा निर्माण गरिएको सिँचाइ कुलो ६ वर्षपछि प्रयोगमा आएको छ ।

सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले २०६९ सालमा निर्माण गरेको घार सिँचाइ योजना यस वर्षदेखि सञ्चालनमा आएको हो ।

रु तीन करोड ५० लाखको लागतमा निर्माण गरिएको योजना शाखा नहर र पाइपलाइन नहुँदा प्रयोगमा आउन सकेको थिएन । गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयवासीले शाखा नहर र पाइपलाइन निर्माण गरेर सिँचाइ योजना प्रयोगमा ल्याएका वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो ।

रु १७ लाख अनुदान सहयोगमा चार ठाउँमा करीब छ किलोमिटर शाखा पाइपलाइन विस्तार गरिएको छ । सिँचाइ विकास डिभिजनले शिख र घारको सिमानामा पर्ने मथेनी खोलादेखि खिवाङसम्म तीन किलोमिटरभन्दा बढी पक्की नहर निर्माण गरेको छ । योजनाबाट घार र खिवाङका ६६८ घरधुरी लाभान्वित भएका छन् ।

अहिले ८२ हेक्टर क्षेत्रफलमा बाह्रैमास सिँचाइ सुविधा पुगेको छ । उल्लेरी सिँचाइ योजना उपभोक्ता समितिका अध्यक्ष हुकुमबहादुर बरुवालले सिँचाइ कुलो प्रयोगमा आएपछि कृषकलाई राहत मिलेको बताउनुभयो । विगत वर्षमा असारको अन्तिम सातासम्म धान रोपाइँका लागि पानीको पालो कुरेर बस्ने कृषकले यसपालि असार पहिलो हप्ता नै धान रोपाइँ सकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...