गाउँपालिकाको केन्द्र नसारिएको भन्दै जनप्रतिनिधिले नै गरे आन्दोलन



हाम्रो इकोनोमि

जनप्रतिनिधिको बहुमतले अनुमोदन गरेको स्थानमा गाउँपालिका केन्द्र नसारिएको भन्दै पाँचथरको फाल्गुनन्द गाँउपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् ।

स्थानीय तहको निर्वाचन भएको ६ महिना बित्दासम्म केन्द्रको टुंगो नलागेपछि गत पुस १४ गते मतदान गरी फाल्गुनन्द–३ कोल्वुङका पक्षमा मत जाहेर गरेका जनप्रतिनिधिले गाउँपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा घुर्विसे पञ्चमीमै केन्द्र सञ्चालन गरिरहेको भन्दै आन्दोलित भएका हुन् ।

वडा नं १ का अध्यक्ष होमप्रसाद आङदेम्वे, वडा नं २ का अध्यक्ष बहादुरसिंह नेम्वाङ र वडा नं ४ का अध्यक्ष मनबहादुर चेम्जोङले सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै बहुमतले निर्णय गरेको कोल्वुङमा गाउँपालिका केन्द्र नसारिए कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिने बताउनुभयो । उनीहरूले जितेन रोशन आङदेम्वे संयोजक रहेको संघर्ष समिति पनि गठन गरेका छन् ।

जनप्रतिनिधिहरूले गाउँपालिका केन्द्र कोल्वुङ सार्न दबाबमूलक कार्यक्रमसँगै उच्च अदालत इलाममा गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र गाउँ कार्यपालिकालाई विपक्षी बनाएर मुद्दा हाल्ने तयारी भइरहेको बताउनुभयो । हाल फाल्गुनन्द गाउँपालिका केन्द्र घुर्विसे पञ्चमीमा सञ्चालन भइरहेको छ ।
गत पुस १४ गते गरिएको मतदानमा घुर्विसेका पक्षमा १८ र कोल्वुङका पक्षमा १९ मत परेपछि मतदानमा बहुमतले गरिएको निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै आएका छन् । गाउँपालिका अध्यक्ष अम्बरबहादुर नेम्वाङले प्राविधिक कारणले केन्द्र सार्न ढिलाइ भइरहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...