भण्डारी कलेजलाई नमूना बनाउनुपर्नेमा मुख्यमन्त्री पौडेलको जोड



हाम्रो इकोनोमि

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पाँच वर्षभित्र मुलुुकको परिवर्तन गर्ने बताउनुभएको छ ।
भण्डारी मेमोरियल कलेजको १७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनताले अनुभूति गर्ने खालेका काम गरी पाँच वर्षभित्र मुलुकको विकास गर्ने बताउनुभएको हो ।

नयाँ गतिका साथ विकास निर्माण गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पौडेलले ‘समृद्ध नेपाल र सुखी नेपाल’को अभियानलाई सबैले आत्मसात् गर्नुपर्ने बताउनुभयो । स्व। नेता भण्डारीको नाममा स्थापित यस कलेजलाई नमूना कलेजका रुपमा विकास गर्नुपर्ने जोड दिँदै उहाँले भन्नुभयो, “ यो कलेज अन्य कलेजभन्दा फरक उत्कृष्ट कलेज बनाउनुपर्दछ ।”

सांसद कृष्ण राईले कलेजलाई अझ विस्तार गरी छुट्टै पहिचान दिलाउनु पर्नेमा जोड दिँदै मदन भण्डारीको नाम र विचारलाई स्थापित गर्न जरुरी छ भन्नुभयो ।

सहायक क्याम्पस प्रमुख निरुजा फुयालले कलेजलाई विश्वविद्यालय बनाउन तयारीका साथ काम भइरहेको र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो । उहाँले कलेजले गरिबी, असहाय र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको पनि जानकारी दिनुभयोे ।

सोही अबसरमा मुख्यमन्त्री पौडेलले पत्रकार भवानीश्वर गौतमलाई ‘मदनभण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ प्रदान गर्नुभयो । रु २५ हजार राशि रहेको उक्त पुरस्कार हरेक वर्ष शिक्षा क्षेत्रमा योगदान पु¥याउने पत्रकारलाई प्रदान गरिदै आएको छ । कलेजमा दशजोड दुईदेखि स्नातकोत्तर तहसम्म करीब एक हजार २०० विद्यार्थी अध्ययनरत छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...