१० किलो रक्तचन्दनसहित एक पक्राउ



हाम्रो इकोनोमि

सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँबाट आज बिहान १० किलो रक्तचन्दनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–३ बस्ने ५१ वर्षीय रामप्रीत पासवान रहेको सशस्त्र प्रहरी भन्सार तथा राजश्व गुल्म जलेश्वर महोत्तरीले जनाएको छ । भारतबाट चक्तचन्दन तस्करी गरी नेपाल भित्र्याएका पासवानलाई सुराकीका आधारमा सशस्त्र प्रहरी भन्सार तथा राजश्व गुल्म जलेश्वरका सशस्त्र प्रहरी टोलीले मलिवाराबाट रक्त चन्दनसहित पक्राउ गरेको हो ।

रक्तचन्दनसहित पक्राऊ परेका पासवानलाई आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाइएको सशस्त्र प्रहरी राजश्व गुल्मका प्रहरी नायब उपरीक्षक दिनेश मल्लले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...