स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा सेवा उपप्रधानमन्त्री यादव



हाम्रो इकोनोमि

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा सेवा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री यादवले स्वच्छ भोजन, स्वच्छ पानी र स्वच्छ जीवनयापनले मानिसलाई रोग लाग्नबाट बचाउने भएकाले स्वास्थ्य सेवा दिनु राज्यको दायित्व भएकाले त्यसमा गुणस्तर र सहज पहुँचका लागि आवश्यक तयारी गरिने बताउनुभयो ।

जनतालाई आधारभूत स्वास्थ्य सेवा दिन दक्ष जनशक्तिको व्यवस्थापन, सहज पहुँच र औषधि व्यवस्थापनका लागि सरकारबाट प्रभावकारी कदम चालिनुपर्ने आवश्यकता रहेकामा जोड दिँदै उहाँले प्रत्येक वडामा अस्पताल पु¥याउने सरकारको लक्ष्य पूरा हुने बताउनुभयो । उहाँले १५ श्यया सम्मको अस्पताललाई स्थानीय तहबाट व्यवस्थापन गर्ने र प्रादेशिक तथा केन्द्रीय अस्पतालको अवधारणाका साथ सरकार अघि बढेकाले स्वास्थ्य सेवा आगामी दिनमा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री यादवसँग सांसदहरु प्रेम सुवाल, रामबहादुर विष्ट, सुरिताकुमारी गिरी, डा सूर्यप्रसाद पाठकलगायतले थप स्पष्टीकरण माग्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...