स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा सेवा उपप्रधानमन्त्री यादव



हाम्रो इकोनोमि

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा सेवा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री यादवले स्वच्छ भोजन, स्वच्छ पानी र स्वच्छ जीवनयापनले मानिसलाई रोग लाग्नबाट बचाउने भएकाले स्वास्थ्य सेवा दिनु राज्यको दायित्व भएकाले त्यसमा गुणस्तर र सहज पहुँचका लागि आवश्यक तयारी गरिने बताउनुभयो ।

जनतालाई आधारभूत स्वास्थ्य सेवा दिन दक्ष जनशक्तिको व्यवस्थापन, सहज पहुँच र औषधि व्यवस्थापनका लागि सरकारबाट प्रभावकारी कदम चालिनुपर्ने आवश्यकता रहेकामा जोड दिँदै उहाँले प्रत्येक वडामा अस्पताल पु¥याउने सरकारको लक्ष्य पूरा हुने बताउनुभयो । उहाँले १५ श्यया सम्मको अस्पताललाई स्थानीय तहबाट व्यवस्थापन गर्ने र प्रादेशिक तथा केन्द्रीय अस्पतालको अवधारणाका साथ सरकार अघि बढेकाले स्वास्थ्य सेवा आगामी दिनमा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री यादवसँग सांसदहरु प्रेम सुवाल, रामबहादुर विष्ट, सुरिताकुमारी गिरी, डा सूर्यप्रसाद पाठकलगायतले थप स्पष्टीकरण माग्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...