तेह्र आतङ्ककारी मारिए



हाम्रो इकोनोमि

अफगानिस्तानको पूर्वी प्रांन्त गजनीमा भएको दुई वटा छुट्टाछुट्टै घटनामा १३ आतङ्ककारी मारिएका छन् ।

स्थानीय अधिकारीले बुधबार दिएको जानकारीअनुसार पहिलो घटनामा नवा जिल्लाको मिर्जा कार्ली गाउँमा भएको हो ।

सो गाउँमा विस्फोटक पदार्थले भरिएको एक सवारी साधनलाई लक्ष्य गरी अफगान सेनाको हेलिकोप्टरबाट कारबाही गरिएको थियो ।

कारबाहीमा परी सात आतङ्ककारी मारिनुका साथै अन्य तीन घाइते भएको प्रान्तीय सरकारका प्रवक्ता मोहमद अरिफ नुरीले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।

सेनाको हेलिकोप्टरले लक्ष्य गरिएका ती आतङ्ककारीहरु केही भने एक भवनमा गजनी प्रान्तका सुरक्षा अधिकारीहरुलाई लक्ष्य गरी कारबम बनाउनमा व्यस्त रहेका थिए ।

त्यसैगरी दोस्रो घटना गजनी प्रान्तको बाहिरी इला शाहबाज क्षेत्रमा भएको छ । सो क्षेत्रमा बारुदी सुरुङ्ग बनाउन व्यस्त रहेका तालिबान आतङ्ककारीहरुलाई लक्ष्य गर्दै सेनाले गोली प्रहार गरेको थियो ।

सो घटनामा छ जना तालिबान आतङ्ककारी मारिएका छन् । मङ्गलबार सुरक्षा अधिकारी र तालिबान आतङ्ककारीबीच जारी रहेको झडपमा तीन सुरक्षा अधिकारी घाइते भएका थिए ।

अफगानिस्तानको राजधानी काबुलबाट १२५ किलोमिटर दक्षिणमा रहेको स्थानमा गत दुई हप्ता यता सुरक्षा अधिकारी र तालिबान आतङ्ककारीबीच झडप जारी रहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...