प्रशासनिक जटिलताका कारण परिणाममुखी काम हुन सकेन : मुख्यमन्त्री पोखरेल



हाम्रो इकोनोमि

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रशासनिक जटिलताका कारण परिणाममुखी काम हुन नसकेको गुनासो गर्नुभएको छ ।

आज बुटवलमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुसँगको अन्तरक्रियामा उहाँले प्रशासनिक नेतृत्व आत्मकेन्द्रित छ भन्नुभयो ।

मुख्यमन्त्री पोखरेलले कर्मचारीको प्रादेशिक सांगठनिक स्वरुप निर्माण नभई उपलब्धि हासिल हुन नसक्नेमा जोड दिँदै संघीय प्रशासनमा व्यापक कटौती आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रदेशले चाहेको जनशक्ति प्रदेशले नै नियुक्त गर्न पाउनुपर्ने उल्लेख गर्दै अहिले पनि प्रदेशमा रहेका कर्मचारी संघीय कर्मचारी नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशमा रहेका कर्मचारीको सरुवा, बढुवा संघीय सरकारले गर्छ ।”

मुख्यमन्त्री पोखरेलले कर्मचारीको समायोजनको कानून बने पनि प्रभावकारी काम नभएकामा असन्तुष्टि जनाउनुभयो । उहाँले प्रदेशमा स्रोतको बाँडफाँड नभई टुङ्गोमा पुग्न नसक्ने उल्लेख गर्दै समन्वयको ढाँचा निर्माण भएन भने त्यसले समस्या निम्त्याउन सक्छ भन्नुभयो ।

केन्द्रीय प्रसासनको सहयोग नभए संविधान कार्यान्वयनमा कठिनाइ आउने तर्क गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ मा नीतिगत तहमा कुनै समस्या छैन भन्नुभयो । उहाँले आफूहरु नअलमलिएको र स्पष्ट भएको जानकारी दिँदै शहरको विकासका लागि स्थानीय तह नै सक्षम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बजेटमा प्राथमिकीकरण गरेर ब्रेक थ्रू नै गरेका छौँ ।”

 

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...