सम्झौता भएको छ महिना बित्यो अझै पाएन् पीडित नर्सले क्षतिपूर्ति



हाम्रो इकोनोमि

स्वास्थ्य मन्त्रालयले धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रलाई सम्झौताबमोजिम पीडित नर्सलाई एक साताभित्र क्षतिपूर्ति दिन निर्देशन दिएको छ ।

छ महिनाअघि मानवअंगमा कार्यरत नर्सद्वय त्रजिता जती र सजिना धौलालाई अन्याय भएको विषय बाहिर आएपछि देशव्यापी नर्स आन्दोलन भएको थियो । न्याय पाउनुपर्ने विषयसहित नर्सका अन्य विषयलाई लिएर नेपाल नर्सिङ संघको नेतृत्वमा आन्दोलन देशव्यापी बनेपछि गत माघमा स्वास्थ्य मन्त्रालय र नेपाल नर्सिङ संघबीच एघार बँुदे सम्झौता भएको थियो ।

सम्झौताको बुँदा नं १ मा नै मानवअंगले एक महिनाभित्र पीडितद्वय त्रजिता र सजिनालाई ७५ प्रतिशत क्षतिपूर्ति दिनुपर्ने र पुनर्वहाली गर्ने कुरा उल्लेख थियो । जागिरमा पुनस्र्थापन भए पनि अहिलेसम्म क्षतिपूर्ति नपाएको भन्दै पीडितद्वयले आन्दोलन शुरु गरी भोकहडताल गर्ने चेतावनी दिएपछि मन्त्रालयले नेपाल नर्सिङ संघ, मानवअंगका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र पीडितलाई बोलाएर छलफल गरेको थियो ।

मन्त्रालयका सचिव डा पुष्पा चौधरीले कार्यकारी निर्देशक श्रेष्ठलाई एक हप्ताभित्र सम्झौताबमोजिम क्षतिपूर्ति दिन निर्देशन दिनुभएको छ । तर कार्यकारी निर्देशक श्रेष्ठले भने मन्त्रालयले आधिकारिक रुपमा पत्र नआएसम्म रकम नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “मौखिक रुपमा भनेर कसरी दिनु मन्त्रालयले कुन शीर्षकबाट रकम दिने भन्ने खुलाएर पत्र दियो भने म एक मिनेट ढिलो नगरी पैसा दिन्छु, अन्यथा सकिँदैन, व्यक्तिगत रुपमा मैले दिने कुरा भएन ।”

पीडित नर्स सजिना धौद्याले अब क्षतिपूर्ति नपाए भोकहडताल गर्ने त्यसको जिम्मेबार मन्त्रालय, मानवअंग र नर्सिङ संघ हुने चेतावनी दिनुभएको छ । मन्त्रालयले नै नेतृत्व गरी गरेको सम्झौतामा मानवअंगलाई लिखित पत्र नदिइनु विषयप्रति गम्भीर नभएको पीडितको भनाइ छ । मन्त्रालयले आइतबार अस्पतालका नाममा पत्र पठाउने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...