गुफामा फसेका बालबालिकालाई अझै निकाल्न सकिएन



हाम्रो इकोनोमि

अविरल वर्षा र बाढीका कारण उत्तरी थाइल्याण्डको एक खोला किनारमा फसिरहेका बालबालिकालाई बुधबार पनि निकाल्न सकिएको छैन ।

उनीहरु गएको शनिबारदेखि खोला किनारभन्दा केही माथि रहेको गुफामा फसेका छन् । फुटबल खेल्न गएका १२ जना बालबालिका भारी वर्षाका कारण खोला बढेपछि घर फर्किन सकेका छैनन् ।

निकै अप्ठेरो ठाउँमा उनीहरु फसिरहेका छन् । उनीहरुको उद्दार कार्य जारी नै रहेको छ तर अविरल वाढीका कारण यो सम्भव हुन सकिरहेको छैन । उद्दार कार्य बुधबार पनि जारी रहेको अधिकारीहरु बताउँछन् । तर परिणाम आज पनि निराशाजनक भएको उद्दारमा खटिएका अधिकारीहरुले बताएका छन् ।

अर्को गाउँमा फुटबल हेर्न पुगेका ती बालबालिका साँझ घर फर्किने बेलामा घनघोर वर्षा भयो र बाढी आयो । त्यसपछि उनीहरु एक गुफामा छिरेका स्थानीय अधिकारीहरुको भनाई छ ।

उनीहरु भन्छन्– उद्दारको लागि सयौँ उद्धारकर्मी परिचालन गरिएको छ तर मौसमले साथ दिएको छैन । म्यानमारको सीमा नजिकैको एउटा एकान्त स्थलमा रहेको यस गुफामा भारी वर्षापछि उनीहरूलाई उद्वारै गर्न नसक्नेगरी बाढी आएको अनुमान गरिएको छ ।

फसेका ती बालबालिकाको उमेर ११ देखि १६ वर्षको भएको बताइएको छ । उनीहरुलाई डुङ्गाको सहायताले खानेकुराहरु दिइएको छ । बुधबार बिहान पनि सयौँ स्थानीय र ती बालबालिकाका आफन्तले वर्षा र बाढी घट्ने प्रतिक्षा गरेर त्यो गुफाको परिपट्टि पुगेर प्रार्थना गरेका छन् ।

तिनका आफन्त र अभिभावकले अकासतिर हेर्दै वर्षा कम होस् भन्ने कामना गरिरहेका बताइएको छ । ती दृश्यहरु स्थानीय टेलिभिजन च्यानलले देखाएका छन् । उनीहरुले ती बालबालिकाको सकुसल उद्दारका लागि भगवानसँग प्रार्थना गरिरहेका दृश्यहरु स्थानीय टेलिभिजनहरुले देखाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
चार पाङ्ग्रे साना सवारीलाई नागढुङ्गा सुरुङमार्ग खुला

    नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि...

बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

    किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा सञ्चालित किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल...

बागमतीमा राप्रपा सांसदलाई दुई थरी निर्देशन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप...

२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...