सिद्धिचरण लोकमार्गको कटारी–ठाँटी सडकखण्ड शुक्रबारदेखि चल्ने



हाम्रो इकोनोमि

एक महिनादेखि यातायात अवरुद्ध हुँदै आएको सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–९ हर्देनीको ठाँटी सडकखण्डको अवरुद्ध सडक शुक्रबारदेखि सञ्चालन हुने भएको छ ।

कटारीस्थित ठाँटीमा पटक–पटक पहिरो जाने भएको र सडक भत्किएर जीर्ण बनेपछि उक्त सडकखण्ड मर्मत कार्य शुरु भएको कुरा सडक डिभिजन कार्यालय सिरहा लाहानका इन्जिनियर चित्र रञ्जनले बताए ।

अब सडक मर्मत कार्य पूर्णरुपमा पूरा भइसकेको र करीब रु एक करोड चार लाखमा सडकको दुवैपट्टि नालासहित भित्तामा कल्भर्ट र सडक मर्मत गरी कालोपत्रेसमेत गरेर सम्पन्न भएको इन्जिनियर रञ्जनले बताउनुभयो ।

सडक अब पूर्णरुपमा पुनः मर्मत सम्पन्न भएका कारण शुक्रबारदेखि खुलाउने निर्णय भएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।

उक्त ठाँटी सडकखण्ड पटक–पठक भत्कने र पहिरो झर्नेसमेत गर्दा सिरहा, उदयुर कटारी हुँदै सिद्धिचरण लोकमार्ग भएर ओखलढुंगा–खोटाङ र खोटाङ–ओखलढुंगा हुँदै उदयपुरमा सञ्चालन हुने सम्पूर्ण यातायातका साधन ठप्प हुँदै आएका थिए ।

अब स्थायीरुपमा नै सडक मर्मत भएका कारण शुक्रबारदेखि उक्त सडकखण्डमा यातायात सञ्चालन हुनेभएको हो ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...