यसपालि तिलौराकोटमा कृषिमन्त्रीले धान रोप्ने, राजा शुद्धोधनले जोतेको खेतमा रोपाइँ महोत्सव हुने



हाम्रो इकोनोमि

हरेक वर्षजस्तै यस वर्ष पनि १५ असारमा राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँने भएको छ । धान दिवसको अवसरमा कृषिमन्त्री चक्रपाणि खनालले हिलो खेतमा पसेर रोपाइँ गर्नेछन् ।

विगतमा पनि असार १५ मा कृषि मन्त्रीले खेतमा हिलो खेल्दै रोपाइमा सहभागी हुने प्रचलन रहेको छ ।

कृषिमन्त्री खनाल कपिलवस्तुको तिलौैराकोटमा आयोजना हुने रोपाइँ महोत्सवमा सहभागी हुने निजी सचिव अर्जुन भण्डारीले जानकारी दिए ।

तिलौराकोट त्यो ऐतिहासिक ठाउँ हो, जहाँ राजा शुद्धोधनले सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन चलाएको किम्वदन्ती छ ।

यसपटक सोही स्थानमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री खनालले खेत जोत्ने र धान रोप्ने उनको सचिवालयले जनाएको छ ।

गृहजिल्ला कपिलवस्तुको धान रोपाइँमा सहभागी हुन कृषि मन्त्री खनाल बुधबार नै धादिङ हुँदै त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

निजी सचिव भण्डारीका अनुसार यसपटक राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई पर्यटन प्रवर्द्धनसँग जोडेर मनाइनेछ । यसका लागि लुुम्विनी विकास कोषसँग मिलेर तिलौराकोटमा भव्य कार्यक्रम आयोजना गरिन लागेको हो ।

कार्यक्रम तिलौराकोट दरवारको पूर्वी ढोकातर्फ आयोजना हुनेछ । त्यसलाई ‘धान रोपाइँ मंगलोत्सव कपिलवस्तु’ नाम दिइएको लुम्बिनी विकास कोष कार्यकारिणी सदस्य तथा कार्यक्रम संयोजक राजेश ज्ञवालीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...