प्रधानमन्त्री ओलीसँग कार्यकर्ताले हरेक महिनाको १ र १५ गते भेट्न पाउने



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको कार्यकर्ता तथा संघीय संसदलाई भेट्ने समयतालिका तयार गरेका छन् । कार्यकर्ता र संसदले समय नदिएको भन्ने गुनासो बढ्दै गएपछि प्रधानमन्त्री ओलीले भेटघाटका लागि समय निर्धारण गरेका हुन् ।

प्रधानमन्त्रीको नीजि सचिवालयका अनुसार हरेक शुक्रबार प्रदेश सांसदलाई भेट गर्ने र प्रतिनधिसभा र राष्ट्रियसभामा सहभागिता जनाउने तथा महिनामा दुई दिन आफ्ना कार्यकर्तासँग भेटघाट गर्नेगरी प्रधानमन्त्रीको समय निर्धारण गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई महिनामा दुई दिन भेट्ने भएका छन् । पछिल्लो समय आफ्ना अध्यक्षले भेटघाटको समय नदिएको गुनासो बढ्दै गएको थियो । त्यसैलाई मध्येनजर गर्दै उनले कार्यकर्तामा लागि समय छुट्याएका हुन् ।

प्रधानमन्त्री ओलीलाई अब आफ्ना कार्यकर्ताले हरेक महिनाको १ र १५ गते मात्र भेटघाट गर्न पाउने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा।कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा ‘हरेक महिनाको १ र १५ गते कार्यकर्तालाई भेट्ने’ समय छुट्याइएको छ ।

प्रधानमन्त्री ओलीले हरेक महिनाको १ गते ११ बजेदेखि दिउँसो १ बजेसम्म नेकपाको कार्यलय धूम्बाराही र १५ गते पेरिस डाँडास्थित कार्यलयमा कार्यकर्तालाई भेट्ने भएका छन् । प्रधानमन्त्रीले नियमित भेटघाटका अतिरिक्त हरेक शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभामा सहभागी हुने भएका छन् । उनले शुक्रबार नै सांसदहरुसँग पनि भेटघाट गर्ने समय निर्धारण गरेका छन् ।

नियिमति रुपमा शुक्रबार दिउँसो ३ देखि ५ बजेसम्म सिंहदरबारमा सांसदसँग भेटघाट गर्ने व्यवस्था मिलाइएको सचिवालयले छ ।
त्यस्तै, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीसँग सात प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदसँग साप्ताहिक रुपमा भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्रीको व्यस्त समय तालिकाका कारण सबैसँग भेटघाट गर्न समय तालिका निर्धारण गरिएको प्रधानमन्त्रीको नीजि सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...