नेपाली मूलका ह्यारी अमेरिकी प्रतिनिधि सभा सदस्यको प्राथमिक चरणमा बिजयी



हाम्रो इकोनोमि

डेमोक्रेटिक दलका तर्फबाट अमेरिकी प्रतिनिधि सदस्यका लागि दोश्रो पटक उम्मेदवार बनेका एचबि ह्यारी भण्डारी प्राथमिक निर्वाचनमा बिजयी भएका छन् । उनि डेमोक्रेटिक दलको तर्फबाट उम्मेदवार बनेका थिए । शीर्ष ३ उम्मेदवार मध्ये राम्रो मत ल्याए पछि उनको आगामी नोवेम्बरमा हुने आम निर्वाचनको लागी ढोका खुलेको छ ।

उनले आगामी नोवेम्बरमा रिपब्लिकनका उम्मेदवार संग चुनावी मैदानमा भिड्नु पर्ने छ । ४ जना प्रतिस्प्रद्धिमा एरिक ब्रोम्वेल पहिला ,भण्डारी दोश्रा र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका हुन् ।

२०७२६ मत खसेकोमा भण्डारीले ५७६५ मत ल्याई दोश्रो स्थानमा रही २८ प्रतिसत मत ल्याई बिजयी भएका छन् । एरिक ब्रोम्वेल ले ६३८७ ल्याई प्रथम भएका थिए ।

यसै गरि मेरिल्याण्ड डेमोक्रेटिक दल को केन्द्रिय सदस्यमा पनि भण्डारी सर्वाधिक मत ल्याई बिजयी हुनु भएको कुरा डेमोक्रेटिक दल मेरिल्याण्ड राज्यले जनाएको छ ।

डेमोक्रेटिक निर्वाचन क्षेत्र ८ बाट ३ जना उम्मेदवार मध्ये उनि परेका हुन् । सन् २०१४ मा उनि चौथो स्थान भए पछि उनि प्राथमिक चरण मै बाहिरिएका थिए ।

यो केवल प्राथमिक निर्वाचन मात्र हो भने आम निवार्चनमा भण्डारीले जिते भने उनले नेपाली समुदायको ईतिहासमा नाम लेख्ने अवसर पाउने छन ।

ह्यारीले सन् २०१४ मा अमेरिकन प्रतिनिधिका लागि मेरिल्याण्ड राज्यको जिल्ला ८ मा डेमोक्रेटिकको तर्फबाट उम्मेदवारी दिएका थिए । दोश्रो पटक पुनस् उम्मेदवार बनेका ह्यारी भण्डारी जुन २६ का दिन अमेरिकन सांसदको लागि उम्मेदवार बनेका हुन् भने उनले प्राथमिक चरणको निर्वाचन जितेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...