मोहियानीमा पाउने सम्पत्तिको प्राप्तिका लागि अब यसो गरौ



हाम्रो इकोनोमि

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मोहियानी समस्या समाधान इकाई गठन गरेको छ ।

सरकारले तोकेको समयमा मोही बाँडफाँड सम्बन्धी कार्यलाई सम्पन्न गराउने उद्देश्यले सो इकाई गठन गरिएको हो ।

मन्त्रालयका उपसचिव कमलप्रसाद तिमिल्सिनाका अनुसार उक्त इकाईले जग्गाधनी र मोहीबीच जग्गाको बाँडफाँड गरी द्वैध स्वामित्व अन्त्य गर्ने प्रक्रियामा सहजीकरण गर्नेछ ।

मन्त्रालयले भूमिमा रहेको दोहोरो स्वामित्व अगामी एक वर्षभित्र अन्त्य गरिसक्ने लक्ष्यका साथ कार्य प्रक्रिया अघि बढाइएको छ ।

नेपाल सरकारको २०७४ कात्तिक २४ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँड गर्ने प्रयोजनका लागि भूमिसुधार कार्यालय र भूमिसुधार कार्यालय नभएका जिल्लामा भूमिसुधारको समेत कार्य गर्ने जिल्ला सदरमुकामस्थित साविकका मालपोत कार्यालयमा आगामी भदौ ४ गतेसम्म आवश्यक कागज प्रमाणसहित निवेदन दर्ता गराउन मन्त्रालयले सम्बन्धित जग्गाधनी र मोहीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...