बाढीले खानेपानीको आयोजना बगाएपछि स्थानीयवासी समस्यामा



हाम्रो इकोनोमि

स्थानीय मालिका गाउँपालिका–४ ओखरबोटमा अविरल वर्षासँगै गएराति आएको बाढी र पहिरोले दुईवटा खानेपानी आयोजना बगाएको छ ।

वास परियोजनाअन्तर्गत गत वर्ष निर्माण गरिएको लोसरिबाङ खानेपानी आयोजना र महभिर खानेपानी आयोजनाको मुहानको ट्याङ्कीसहित पाइपसमेत बगाएपछि खानेपानीको समस्या भएको वडाध्यक्ष दिलीप शेरचनले बताउनुभयो ।

उहाँका अनुसार खानेपानी आयोजना अवरुद्ध भएपछि कालोपरामा रहेको लोसरिबाङ खानेपानी आयोजनाका १८ घरधुरी र महभिर आयोजनाका ६० घरधुरी शुद्ध खानेपानी उपभोगबाट वञ्चित भएका छन् ।

दुबै आयोजनाका खानेपानी अवरुद्ध हुँदा ओखरबोटका लोसरीबाङ, सेरागाउँ, महभिरलगायत बस्तीका बासिन्दा समस्यामा परेका छन् । वर्षासँगै आएको बाढीले महभिरका टेकलाल विकको एकतले घरसमेत पूर्णरुपमा क्षति पु¥याएको वडाध्यक्ष शेरचनले बताउनुभयो । बाढी र पहिरोले ठाउँठाउँमा पहिरो खसेर सडकसमेत अवरुद्ध बनाएपछि स्थानीयवासीलाई आवतजावत गर्नसमेत समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...