बागमती पुलमुनि टाउको र खुट्टा गाडिएको अवस्थामा युवतीको शव फेला



हाम्रो इकोनोमि

ललितपुरको सानेपाबाट काठमाडौँको टेकु जोड्न बागमतीको मुलमुनि एक महिलाको शव भेटिएको छ ।

अन्दाजी २८र३० वर्षकी महिलाको शव बागमती नदीको ललिपुर पट्टिको किनारमा बुधबार बिहान शव भेटिएको पाटन प्रहरीले जनाएको छ ।

युवतीको टाउको र खुट्टाको भाग नदी किनारको दबदबे हिलोमा गाडिएको तथा ढाडको भाग देखिएको अवस्थामा शव भेटिएको प्रहरी जवान पुजन अधिकारीले जानकारी दिइन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

कालो पाइन्ट र टिसर्ट लगाएकी युवतीको शव भेटिए पनि सनाखत नभएको उनले जानकारी दिइन् । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...