लागुऔषध दुव्र्यसनी बढ्नु गम्भीर समस्या : गृहमन्त्री



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध अपराधलाई नियन्त्रण गर्न ‘लागुऔषध नियन्त्रण कार्ययोजना, २०७५’ हालै जारी गरेको बताउनुभएको छ ।

गृहमन्त्रालयले ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणालाई पूरा गर्न कार्ययोजना सहयोगी हुने बताउनुभयो ।

गृहमन्त्री थापाले मुलुक समृद्धको उचाइमा पु¥याउन स्वास्थ्य, सिर्जनशील युवाको खाँचो रहेको भन्दै यस्ता युवा–युवतीलाई लागुऔषधमा फस्न नदिन गृहमन्त्रालयले कार्ययोजनामार्फत काम गरिरहेको उल्लेख गर्नुभयो । “देशका भविश्यका कर्णधार मानिने किशोर–किशोरी तथा युवा–युवतीमा देखिएको लागुऔषधको दुव्र्यसनलाई सरकारले गम्भीर समस्याका रुपमा लिएको छ”, उहाँले भन्नुभयो ।

विश्वव्यापीरुपमा भइरहेको लागुऔषध सम्बन्धी समस्याबाट नेपाल पनि प्रभावित रहेको भन्दै उहाँले लागुऔषधको खेती, उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवनजस्ता कानूनी अपराधलाई रोक्न सबै लाग्नुपर्छ भन्नुभयो ।

लागुऔषध दुव्र्यसनीलाई रोकथाम गर्न नागरिकस्तरबाटै विशेष सचेतना अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज देशभरि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...