अन्न नउब्जाई लगाइएको ३७ रोपनी जग्गामा लागाईएको गाँजा नष्ट



हाम्रो इकोनोमि

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गाँजा फँडानी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जिल्लाका विभिन्न क्षेत्रमा रहेको ३७ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फँडानी गरी नष्ट गरेको जनाएको छ ।

गाँजा सेवनका कारणले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै आपराधिक क्रियाकलाप पनि हुने गर्दछ । जिल्लाका विभिन्न स्थानमा गरी करीब ३७ रोपनी क्षेत्रफलमा फैलिएको गाँजालाई फँडानी गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी गराउनुभयो ।

लागुऔषध नियन्त्रण तथा टोलटोलमा प्रहरी भन्ने अभियान र लागुऔषध दुरुपयोग तथा नियन्त्रण कार्यक्रमअन्तर्गत अमरगढी नगरपालिकाका विभिन्न वडामा पुगी सर्वसाधारणलाई जनचेतना मुलुक कार्यक्रमसमेत प्रहरीले गरिरहेको छ साथै समाजभित्र रहेको विकृति विसङ्गतिलाई हटाई समृद्ध समाजको निर्माणका लागि प्रहरी लागिपरेको प्रहरी नायब उपरीक्षक जोशीले बताउनुभयो । टोलटोलमा प्रहरी अभियानसँगै जिल्लाका विभिन्न स्थानमा रहेको गाँजा फँडानी गरिएको प्रहरीले जनाएको छ ।

टोलटोलमा प्रहरीले थालनी गरेको अभियानमा स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी र सर्वसाधारणले पनि सहयोग गरिरहेका छन् । अमरगढी नगरपालिकाको भालुमारे, तडिवाटा, चिरकिट्टे, भात्काडालगायतका क्षेत्रमा रहेका गाँजालाई फँडानी गरी प्रहरीले नष्ट गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...