पहिरो पन्छाएको पैसा नपाएकाले नारायणगढ–मुग्लिन सडकखण्ड सडक अझै खुलेन



हाम्रो इकोनोमि

पहिरो पन्छाएको रकम नपाएको भन्दै ठेकेदारले काम नगरेपछि आज बिहान टोपे खोलामा खसेको पहिरो पन्छाउन ढिलाइ भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको तेस्रो भागको ठेक्का लिएको सुप्रिम रौताहा जेभिले यसअघि खसेका पहिरो पन्छाएको रु तीन करोड ५० लाखभन्दा बढी पैसा नपाएको भन्दै पहिरो पन्छाउन अटेर गरेको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार बिहान ठेकेदारले पैसा नपाएको भन्दै शुरुमा पहिरो पन्छाउन नमाने पछि पहिरो पन्छाउन ढिलाइ भएको हो । बिहान ५ः३० बजे खसेको पहिरो ८ः३० बजेदेखि मात्र पन्छाउन थालिएको थियो ।

शुरुमा एउटा एक्साभेटरले एकापट्टिबाट मात्र पहिरो पन्छाउन शुरु गरे पनि पछि आयोजनाको दबाबसँगै ठेकेदार कम्पनीले थप एक एक्साभेटर र एक लोडर प्रयोग गरेर पहिरो पन्छाइरहेको आयोजनाले जनाएको छ । बिसुरालले ठेकेदार कम्पनीले पेस गरेको कागजपत्र नमिलेका कारण भुक्तानीमा ढिलाइ भएको भन्दै कामको भुक्तानी हुने बताउनुभयो ।

यस वर्षकै सबैभन्दा ठूलो पहिरो आज टोपेखोलामा खसेको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार पहिरोले सडकको ३० मिटर भाग पूरै ढाकेर नदीसम्म खसेको छ । दिउँसो १ बजेसम्ममा पहिरो पन्छाउने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...