दूधमा युरिया नहालेको यसरी दिए व्यवसायीले बयान



हाम्रो इकोनोमि

केही समय अघि दुग्धजन्य पदार्थमा युरियाको मात्रा बढी देखिएको भन्दै दूध खान नहुने कुरा बाहिर आएको थियो । यसै विषयलाई लिएर अहिले दूध उत्पादकहरुको छाता संगठन डेरी उद्योग संघले दूधमा युरिया मललगायतका अखाद्य वस्तु नमिसाएको दावी गरेको छ ।

डेरी उद्योग संघका पदाधिकारीले सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको छलफलमा दूध तथा दुधजन्य वस्तुमा युरिया मल लगायतका अखाद्य वस्तु नमिसाइएको दावी गरेको हो ।

संघका अध्यक्ष अरनिको राजभण्डारीले गाईको घाँस र दानामा रहेको युरिया मलको केही मात्रा दूधमा पनि देखिएको दावी गर्दै त्यसले मानव स्वास्थ्यमा प्रतिकूल असर नपार्ने तर्कसमेत गरे ।

संघले आयात गरिएका दूध पाउडर पनि मापदण्ड विपरीत नरहेको दावी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चेकजाँच गरेर मात्रै खरिद गरिएको दुध पाउडर मापदण्ड विपरीत रहेको भन्न नमिल्ने डेरी संघका अध्यक्ष राजभण्डारीको तर्क छ ।

उनले दूध डेरी पसललाई व्यवस्थित बनाउन २ वर्ष भित्र आचारसंहितानै बनाएर पालना गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

यता, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि दुधमा मिसावट देखिएको भन्दै त्यसलाई व्यवस्थित बनाउन आवश्यक आचारसंहिता निर्माणको कामलाई पनि अघि बढाएको जनाएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले दूध तथा दूधजन्य वस्तुमा मानव स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट भेटिएको दावी गर्दै त्यस्ता दुध डेरीलाई कारबाही गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...