वन्यजन्तु संरक्षणका लागि बन्दैछ यस्तो उद्यान



हाम्रो इकोनोमि

प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिर परिसरमा वन्यजन्तु संरक्षण उद्यान बनाउन थालिएको छ । यसै वर्ष तारबार गर्ने, अग्निरेखा बनाउने र केही वन्यजन्तु संरक्षणको काम गरिएको छ ।

वन मन्त्रालय, कालिका मन्दिर गुठी समिति र बागलुङ नगरपालिका मिलेर वन्यजन्तु संरक्षणसँगै पर्यटकीय गन्तव्य बनाउन उद्यानको योजना ल्याइएको मन्दिरका अध्यक्ष राजु खड्काले बताउनुभयो ।
उहाँका अनुसार मन्दिरको चारैतिर फैलिएको १९० रोपनी जंगल क्षेत्रलाई वन्यजन्तु संरक्षण उद्यानका रुपमा विकास गरिनेछ । “यहाँको हावापानीमा हुने वन्यजन्तुलाई संरक्षण गर्छौँ”, उहाँले भन्नुभयो, “वन्यजन्तु उद्यानले पर्यटकलाई समेत आकर्षित गर्नेछ ।”

तारबारले घेरेको अस्थायी संरचनामा हालैमात्र दुई मृगलाई संरक्षण गरी राखिएको छ । पूर्वाधार तयारीसँगै अन्य वन्यजन्तुलाई पनि उद्यानमा राखिने जनाइएको छ । “मृगको गतिविधि, स्वभाव र खानपान बुझ्दै छौँ”, अध्यक्ष खड्काले भन्नुभयो । प्रारम्भिक अध्ययनअनुसार मन्दिर परिसरको जंगलमा मृग, बाह्रसिङ्गे, बँदेल, चितुवालगायतका वन्यजन्तु रहनसक्ने देखिएको छ । यस्तै, दर्जनौँ जातका पक्षीजन्य जीव उद्यानमा राखिने छन् ।

जंगल परिसरमा रहेका चरालाई पनि संरक्षितरुपमा राखिने जनाइएको छ । “यहाँ नभएका वन्यजन्तु र पक्षी बाहिरबाट ल्याएर राख्छौँ”, अध्यक्ष खड्काले भन्नुभयो, “मन्दिर क्षेत्रको सबै जंगल वन्यजन्तु संरक्षणका रुपमा रहन्छ ।” वन्यजन्तु संरक्षणका लागि वन क्षेत्रलाई चारैतिरबाट सुरक्षित घेराबार गरिने भएको छ । चालू आवमा छुट्ट्इएको बजेटबाट केही मात्रामा तारजाली लगाउने र अग्निरेखा बनाउन शुरु भएको छ ।

अग्निरेखा र तारजालीको काम वन मन्त्रालयको सहयोगमा अघि बढेको हो । यस्तै, बागलुङ नगरपालिकाबाट वन्यजन्तु संरक्षणका लागि यो वर्ष विनियोजित रु १५ लाखबाट तारजाली लगाउने काम गरिएको छ । सबैतिर तारबार गर्न करीब रु पाँच करोड खर्च लाग्ने अनुमान गरिएको छ । आगामी वर्ष पनि वन्यजन्तु संरक्षण उद्यानका लागि बजेट छुट्याइने बागलुङ नगरपालिकाले जनाएको छ । उद्यानको विस्तृत सर्वेक्षण गर्न नगरपालिकाले विज्ञ टोली पनि खटाएको छ ।

यस्तै जिल्ला वन कार्यालय, ढोरपाटन शिकार आरक्ष र जिल्ला समन्वय समितिले पनि संयुक्त अध्ययन समिति बनाएका छन् । उक्त समितिले दिने प्रतिवेदनका आधारमा वन्यजन्तु संरक्षणको कामलाई थप अघि बढाइने भएको छ । समितिले वन्यजन्तु संरक्षका लागि चाहिने सबै पूर्वाधार र जनशक्ति व्यवस्थापनमा उचित सुझाव दिनेछ । दुवै समितिले गरेको प्रारम्भिक अध्ययनले मन्दिर परिसरमा वन्यजन्तु उद्यान बनाउन उपयुक्त देखाएको छ । कालिका मन्दिरको वन क्षेत्र समुद्री सतहदेखि करीब एक हजार मिटरको उचाइमा अवस्थित छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...