पोखरा विमानस्थलको निर्माण कुनै पनि हालतमा रोकिदैन : मन्त्री अधिकारी



हाम्रो इकोनोमि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य कुनै पनि रुपमा नरोकिने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विज्ञ समूहबाट सो विमानस्थलका सम्बन्धमा आएका सुझाव निर्माण नै रोक्ने गरी नआएको स्पष्ट पार्नुभयो ।

एकसय असी सिट क्षमताका जहाजसम्म आउन सक्ने सो विमानस्थलको निर्माण कार्य सन् २०२१ मा सम्पन्न हुने बताउँदै मन्त्री अधिकारीले निर्माणकै लागि यसै आर्थिक वर्षको बजेटमा रु ११ अर्ब छुट्याइएको जानकारी दिनुभयो ।

मन्त्रालयमा आफूले नेतृत्व सम्भालेको १०० दिनको अवधिमा विभिन्न सम्पदा पुनःनिर्माणका साथै विमानस्थलको निर्माण एवं सञ्चालनका क्षेत्रमा धेरै काम भइरहेको र पोखरा आउने पर्यटकका लागि स्तरीय जहाजसँगै स्तरीय पर्यटक आउने अवस्था सिर्जना गरिने जानकारी दिँदै उहाँले प्रदेशको समृद्धि र विकासका लागि पोखरालाई केन्द्र बनाएर सातवटै प्रदेशमा जहाज पुग्ने अवस्था सिर्जना गरिने बताउनुभयो ।

सरकारले पाँच वर्षे कार्ययोजना यो महिनाभर ल्याउने तयारी गरेको छ भन्दै मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टासम्म चलाउने कार्यमा सफलता प्राप्त भइसकेकाले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी तयारी भइरहेको चर्चा गर्नुभयो ।

सम्पदा पुनःनिर्माण कार्यमा उल्लेख्य प्रगति भइरहेको बताउँदै उहाँले कृष्ण मन्दिरको पुनःनिर्माण भइरहेको र धरहराको पुनःनिर्माणका लागि टेण्डर आह्वान भइसकेको जानकारी दिनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष माधव बराललगायतका पत्रकारले समसामयिक विषयमा मन्त्री अधिकारीको ध्यानाकर्षण गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...

बदनाम शेयर कारोबारी दीपेन्द्र अग्रवालको अर्को बदमासी, भोटेकोशी हेली रिसोर्टका सञ्चालक सुवास प्रधानलाई यसरी अप्ठेरोमा पारे

  शेयर बजारका बदनाम खेलाडी दीपेन्द्र अग्रवाल चलिरहेको एउटा रिसोर्ट सञ्चालनमा प्रवेश गरेर...

दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...