तरकारी बोक्ने निशान गाडी पल्टिँदा एकको मृत्यु, छ घाइते



हाम्रो इकोनोमि

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित ओपीमा आज बिहान मिनीट्रक पल्टिँदा एकजनाको मुत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मेहन्द्रप्रसाद मरासिनीका अनुसार रविओपीको छहारेबाट बनेपातर्फ तरकारी लिएर आउँदै गरेको बा२ख ३४१२ नंको निशास मिनीट्रक पल्टिँदा मण्डनदेउपुर नगरपालिका–४ की ४० वर्षीया ललीमाया तामाङ सख्त घाइते भएपछि धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार गराउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा गाडी चालकसहित छजना घाइते भएकामा सबैको उक्तअस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाडी अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल खोल्सामा खस्दा विस्फोट भई आगलागी भएको थियो । आगो निभाउन बनेपा नगरपालिकाको दमकल बोलाउँदा पनि उक्त स्थानबाट करीब ६÷७ मिनेटको दूरीमा रहेको घटनास्थल एक घण्टापछि मात्रै पुगेको भन्दै स्थानीय बासिन्दा आक्रोशीत भएकमा थिए । दमकल समयमा नपुगेपछि प्रहरी र स्थानीय बासिन्दाले गाडीमा लागेको आगो नियन्त्रणमा लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...