अखिल (क्रान्तिकारी) को अनिश्चितकालीन शैक्षिक हड्तालका कारण चितवनमा पढाइ थप्प



हाम्रो इकोनोमि

राज्यले मौलिक अधिकारको रुपमा व्यवस्था गरिएको शिक्षालाई नीजिकरण र व्यापारीकरण गरेर नागरिकलाई शिक्षाको पहँसचबाट वञ्चित गराएको भन्दै त्यसलाई रोक्न आजबाट चितवनमा अखिल क्रान्तिकारीलेअनिश्चितकालीन शैक्षिक हड्ताल शुरु भएको छ ।

शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गरी निःशुल्क शिक्षा प्रणाली कायम गराउन राज्यमाथि दबाब स्वरुप शैक्षिक हड्ताल घोषणा गरिएको हड्ताल आयोजक अखिल ९क्रान्तिकारी० चितवनले जनाएको छ ।

शैक्षिक विसंगति र व्यापारी रोक्न माग गर्दा सरकारले संगठनका नेता तथा कार्यकर्तालाई दमन र धरपकड गरी झुठा मुद्दा लगाएको विरोधस्वरुप पनि हड्ताल शुरु गरिएको अखिल ९क्रान्तिकारी० चितवनले जनाएको छ । शैक्षिक समस्या समाधान नभएसम्म र क्रान्तिकारीका जिल्ला अध्यक्ष रमेश लामिछानेलगायतलाई प्रशासनले रिहाई नगरिएसम्म अनिश्चितकाली शैक्षिक हड्ताल फिर्ता नहुने उसले बताएको छ । अखिल ९क्रान्तिकारी० नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को विद्यार्थी संगठन हो ।

बन्दका कारण चितवन जिल्लाभित्रका सामूदायिक, निजीलगायत सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द भएका छन् । पठनपाठन पूर्णरुपले ठप्प रहेको छ ।

प्रहरीले अखिल ९क्रान्तिकारी०का चितवन जिल्ला अध्यक्ष रमेश लामिछानेलाई दुई हप्ताअघि गिरफ्तार गरी हिरासतमा राखिएको छ । लामिछानेलाई सार्वजनिक अपराध गरेको मुद्दा लगाउन खोजिएको बुझिएको छ । उनलाई रत्ननगर नगरपालिकाको प्रहरी हिरासतमा राखिएको छ । साथै विद्यार्थी नेता बिरु तामाङलाई जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखिएको छ । माडी क्याम्पास सदस्य सरोज भट्टराईलाई पनि झुठा मुद्दामा अनुसन्धान गर्न भन्दै हिरासतमा राखेका छन् ।

हड्ताललाई नेकपा चितवनले समर्थन जनाएको छ । शैक्षिक विकृति र विसंगति विरुद्ध र वैज्ञानिक शिक्षा प्रणाली निर्माणको दिशामा योजनासाथ संघर्ष गरिरहेका विद्यार्थी नेताहरुमाथि दलाल संसदीय सरकारले दमन र झुठा मुद्दा लगाएको विरोधमा जारी अनिश्चितकालीन शैक्षिक हड्तालप्रति नेकपाको समर्थन रहेको नेकपा चितवनका ईन्चार्ज लालबहादुर बिसीले बताए ।

‘दलाल संसदीय व्यवस्था र तिनको फासिवादी दमन र गिरफ्तारको विरोधमा अखिल ९क्रान्तिकारी०द्वारा घोषित अनिश्चितकालीन शैक्षिक हड्तालप्रति नेकपा चितवनको पूर्ण समर्थन छ’ ईन्चार्ज बिसीले भने ‘जिल्लामा गिरफ्तार गरिएको विद्यार्थी र पार्टीका सबै नेता कार्यकर्तालाई बिनासर्त तुरुन्त रिहा गर्न सरकारसँग माग गर्दछौं ।’

नेकपाका चितवन पार्टी र विद्यार्थी संगठनका गरी करिब आधा दर्जन नेता कार्यकर्ता विभिन्न आरोपमा हिरासत छन् । चितवनमा जारी अनिश्चितकालीन शैक्षिक हड्तालको प्रभाव राम्रो परेको र आन्दोलनबाट सही नतिजा निस्कनेमा आफू आशावादी रहेको अखिल ९क्रान्तिकारी०का केन्द्रीय अध्यक्ष चिरञ्वजीवि ढकालले अनलाइन डबलीलाई जानकारी दिए ।

पार्टी र विद्यार्थी संगठनका गरी करिब दर्जन नेता कार्यकर्ता विभिन्न आरोपमा हिरासत छन् । यो हड्ताल कार्यक्रम पूर्वघोषित कार्यक्रम हो ।

यसअघि अखिल क्रान्तिकारी चितवनका सचिव दर्पणले असार ५ गते एक पे्रस विज्ञप्ति जारी गरेर अध्यक्ष लामिछाने, माडी क्याम्पास सदस्य सरोज भट्टराईलगायत विद्यार्थी नेताहरुलाई निसर्त रिहा गर्न सरकार र गृह प्रशासनसँग मागसहित ७२ घण्टे अल्टिमेटम दिँदै माग सुनुवाईँ नभए अनिश्चितकालीन शैक्षिक हड्ताल गरिने जानकारी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न : मन्त्री पुन

  शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

निजी विद्यालय सञ्चालकले आन्दोलन चर्काउने

    निजी तथा आवासीय विद्यालय सञ्चालकहरूले आन्दोलनलाई थप चर्काउने भएका छन् ।...