यस्तो रैछ सेनाका मेजरको ब्राउन सुगरसँगको सम्बन्ध



ब्राउन सुगरसहित पक्राउ परेका सेनाका मेजर धिरेन्दजंग्र शाह आफू ब्राउन सुगरकोप्रयोगकर्ता रहेको बताएका छन् । उनले आफूले पहिलेदृखि नै त्यसको कुलतमा लागेको बताएका हुन ।

नेपालगञ्ज(बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री मेयर गणका मेजर धिरेन्द्रजंग शाहीले ठूलो मात्रामा ब्राउनसुगर खरिद गरेर कहाँ पठाउँथे भन्ने चासो बढिरहेको बेला उनले सो कुरा बताएका हुन । तथापी उनले अन्तै लगेर कारोबार गथ्र्यो की भन्नेआशंका अहिले पैदा भईरहेको छ ।

गणभन्दा बाहिर धेरै ननिस्किने र जनतासँग खासै हेलमेल नगर्ने सेनाका अधिकृतले ठूलो मात्रामा ब्राउनसुगर खरिद गरेर कहाँ, कसलाई पठाउँथे भन्ने समग्र चासोको विषय बनेको हो । मेजर शाहीले ब्राउनसुगर भने रेम पौडेलबाट खरिद गर्ने गरेको पाइएको छ।

राप्तीसोनारी(९, ढकेरीका सिर्जना होटल एण्ड लजका सञ्चालक रेम पौडेल ब्राउनसुगरको ‘डिलर’ नै भएको प्रहरीले बताएको छ । देखावटी रुपमा होटल एण्ड लज सञ्चालन गरेर बसेका पौडेलले लामो समयदेखि ब्राउनसुगर कारोबार गरिरहेको बाँके प्रहरीले दावी गरेको छ।

‘उनी ब्राउनसुगरका ठूलो डिलर नै हुन्। बाँके प्रहरीका सहप्रवक्ता मुद्दाफाँटका इन्चार्ज रणबहादुर विष्टले भने, उनलाई प्रहरीले लामो समयदेखि निगरानी गरिरहेको थियो । बल्ल फेला पार्‍यो।’

ढकेरीको ए–वान होटल एण्ड लजमा ठूलो मात्रामा ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने विशेष सूचना पाएपछि नेपालगञ्जबाट ब्यूरोको टोली पुगेको थियो । गएराती मेजर शाही र पौडेललाई प्रहरीले रंगेहात पक्राउ गरेको थियो।

उनीहरुबाट बरामद भएको ब्राउनसुगर ४९ ग्राम एउटा रातो प्लाष्टिकमा शीलबन्दी रहेको छ। ५ ग्राम भने पुरियामा रहेको छ।
मेजर शाही र ब्राउनसुगरका कारोबारी पौडेल साथी रहेको प्रारम्भिक बयानमा खुलाइएको छ।

मेजर शाहीले आफू ब्राउनसुगर प्रयोगकर्ता रहेको र हिजो पनि खाना गएको बताएका छन्। ‘उहाँ मेरो साथी हो। म बेलाबेलामा ब्राउनसुगर खाना गइरहन्छु, मेजरले बताएको प्रहरी स्रोतले बताएको छ।

मेजरले आफू प्रयोगकर्ता भएको बताएपनि छापा मारेको टोलीले उनले खरिद गर्दागर्दै पक्राउ गरेको बताएको छ। सेनाका अधिकृतले त्यति ठूलोमात्रामा ब्राउनसुगर खरिद गरेर कहाँ, कसलाई पठाउँथे रु मुद्दाफाँटका इन्चार्ज विष्ट भन्छन्, अहिलेसम्म यो कुरा खुलेको छैन। म्याद थप गरेर ल्याएपछि सोधपुछ हुन्छ।बाँके प्रहरीले दुवै जनालाई म्याद थपका लागि अदालत लगेको छ ।

बाँके प्रहरीले लागु औषधविरुद्ध सिधा कारबाही अभियान चलाएर नाकाबाट आउने सानातिना मात्रा बरामद गरिरहेको छ। भारतमा गएर खाएर आउनेलाई नियन्त्रणमा लिदै घरपरिवारको जिम्मा लगाउने र काउन्सिलिङ गरिरहेको छ। लागू औषधको ठूलो जालो भने उच्च अधिकृतकै संरक्षणमा चलिरहेको यो घटनाले देखाएको छ।

प्रहरीले छापा मारेर ब्राउनसुगर बरामद गर्ने बित्तिकै शाहीले आफू मेजर भएको बताएर प्रहरीलाई धम्क्याउने प्रयास गरेका थिए। उनको साथबाट मेजरको परिचयपत्र भने फेला नपरेको प्रहरीले जनाएको छ। निकुञ्ज स्रोतले भने उनी मेजर रहेको र निकुञ्ज सुरक्षार्थ खटिएको श्री मेयर गणमा कार्यरत रहेको पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्