राष्ट्रिय वाणिज्य बैंकका उत्कृष्ट शाखा र कर्मचारी पुरस्कृत



हाम्रो इकोनोमि

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना उत्कृष्ट कार्य सम्पादन गर्ने शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई पुस्कार वितरण गरेको छ ।

बैंकले ५३ औं वाषिकोत्सबको अवसरमा २०७४ माघ १० गते घोषणा गरेको पुरस्कार एक समारोहका बीच बिहीबार बैंक संचालक समितिका अध्यक्ष महेन्दमान गुरुङ्गले वितरण गरेका हुन् ।

कार्यक्रममा सर्वोत्कृष्ट कार्य सम्पादन गरेवापत सर्वोत्कृष्ट कर्मचारी पुरस्कार संस्थागत तथा साना मझौला कर्जा विभागका विभागीय प्रमुख मुख्य प्रवन्धक नरेशराज अर्याललाई नगद रु। ५० हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे वापत अन्य २९ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी पुरस्कार नगद रु। २० हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा प्रथम हुने शाखा कार्यालय नाराणपुर शाखाका प्रवन्धक खेम डांगीलाई नगद रु। ५० हजार र प्रमाणपत्र पुरस्कार प्रदान गरियो । त्यसैगरी अन्य अत्कृष्ट कार्य सम्पादन गर्ने १६ वटा शाखा कार्यालयका प्रवन्धकहरुलाई नगद रु। १० हजार देखि रु। ३० हजारसम्म र प्रमाणपत्र पुरस्कार प्रदान गरियो ।

सो कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रवन्धकहरुलाई पुरस्कार प्रदान गर्दै बैंकिङ्ग क्षेत्रमा नयां नयां प्रविधि र सोचको विकास भइरहेको सन्दर्भमा सरकारी बैंकले साधारण बैंकिङ्ग सेवा मात्र दिएर प्रतिस्पर्धी बजारमा टिक्न नसकिने हुँदा आधुनिक सेवा दिनुपर्ने विचार ब्यक्त गरे ।बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंक क्लिन र स्मार्ट बैंकिङ्गको रुपमा अगाडी बढिरहेको उल्लेख गरे ।
कार्यक्रममा बैंक संचलक समितिका सदस्यहरु रवीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, अर्जुनबहादुर अधिकारी, डा। माधबप्रसाद दाहाल, नायब प्रमुख कार्यकारी अधिकृतद्धय भुपेन्द्र पाण्डे, कविराज अधिकारी, नायब महाप्रवन्धकहरु टेकराज जोशी, उद्धबप्रसाद खनाल, विभागीय प्रमुखहरु लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...