राष्ट्रिय वाणिज्य बैंकका उत्कृष्ट शाखा र कर्मचारी पुरस्कृत



हाम्रो इकोनोमि

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना उत्कृष्ट कार्य सम्पादन गर्ने शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई पुस्कार वितरण गरेको छ ।

बैंकले ५३ औं वाषिकोत्सबको अवसरमा २०७४ माघ १० गते घोषणा गरेको पुरस्कार एक समारोहका बीच बिहीबार बैंक संचालक समितिका अध्यक्ष महेन्दमान गुरुङ्गले वितरण गरेका हुन् ।

कार्यक्रममा सर्वोत्कृष्ट कार्य सम्पादन गरेवापत सर्वोत्कृष्ट कर्मचारी पुरस्कार संस्थागत तथा साना मझौला कर्जा विभागका विभागीय प्रमुख मुख्य प्रवन्धक नरेशराज अर्याललाई नगद रु। ५० हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे वापत अन्य २९ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी पुरस्कार नगद रु। २० हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा प्रथम हुने शाखा कार्यालय नाराणपुर शाखाका प्रवन्धक खेम डांगीलाई नगद रु। ५० हजार र प्रमाणपत्र पुरस्कार प्रदान गरियो । त्यसैगरी अन्य अत्कृष्ट कार्य सम्पादन गर्ने १६ वटा शाखा कार्यालयका प्रवन्धकहरुलाई नगद रु। १० हजार देखि रु। ३० हजारसम्म र प्रमाणपत्र पुरस्कार प्रदान गरियो ।

सो कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रवन्धकहरुलाई पुरस्कार प्रदान गर्दै बैंकिङ्ग क्षेत्रमा नयां नयां प्रविधि र सोचको विकास भइरहेको सन्दर्भमा सरकारी बैंकले साधारण बैंकिङ्ग सेवा मात्र दिएर प्रतिस्पर्धी बजारमा टिक्न नसकिने हुँदा आधुनिक सेवा दिनुपर्ने विचार ब्यक्त गरे ।बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंक क्लिन र स्मार्ट बैंकिङ्गको रुपमा अगाडी बढिरहेको उल्लेख गरे ।
कार्यक्रममा बैंक संचलक समितिका सदस्यहरु रवीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, अर्जुनबहादुर अधिकारी, डा। माधबप्रसाद दाहाल, नायब प्रमुख कार्यकारी अधिकृतद्धय भुपेन्द्र पाण्डे, कविराज अधिकारी, नायब महाप्रवन्धकहरु टेकराज जोशी, उद्धबप्रसाद खनाल, विभागीय प्रमुखहरु लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...