ठमेल क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द



हाम्रो इकोनोमि

नेपाल विद्युत् प्राधिकरणले शनिबार ठमेल लगायत एक दर्जन स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

प्राधिकरणले ११ केभी प्रसारण लाइनको मर्मतसम्भार गरी थप व्यवस्थित गर्न लागेकाले शनिबार बिहान ८ बजे देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो ।
प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका अनुसार ११ केभी प्रसारण लाइनअन्तर्गत लैनचौर फिडरका लाइन मर्मतका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।

त्यस फिडरबाट विद्युत् आपूर्ति भइरहेका लैनचौर दुग्ध विकास संस्थान अगाडिको गणेश मन्दिर, ठमेल जाने चोक, पुरानो नेपाली चुलो, हिटी पोखरी, जय नेपाल हल, हात्तीसार क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

यसैगरी, नक्साल नारायणचौर, प्रहरी हेडक्वार्टर, भूँडे गणेश, टंगाल स्कुल, नक्साल भगवती मन्दिर, मल्ल होटल अगाडि हुँदै अमृत साइन्स क्याम्पस आसपासका स्थानमा पनि विद्युत् आपूर्ति बन्द हुने रत्नपार्क वितरण केन्द्रले जनाएको छ ।

पर्यटकीय क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुँदा त्यसबाट पर्ने प्रभावप्रति प्राधिकरणले क्षमा मागेको छ ।

 

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ...