बुटवल उपमहानगरपालिकाको नारा ‘समृद्ध बुटवल खुसी बुटवलवासी’



रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ‘समृद्ध बुटवल खुशी बुटवलवासीको’ परिकल्पना अगाडि सार्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

उपमहानगरपालिकाको आजदेखि शुरु भएको तेस्रो नगरसभामा नगर प्रमुख शिवराज सुवेदीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्थानीय सरकारको रुपमा सरकार सञ्चालनका लागि आव २०७४÷०७५ लाई अध्ययन वर्ष घोषणा गरी सोको अनुभवका आधारमा आगामी आव २०७५÷०७६ लाई ‘कार्यान्वयन वर्ष’ का रुपमा अघि बढाइने उल्लेख छ । उपमहानगरपालिकाको सीमित स्रोत र साधनलाई अधिकतम परिचालन गरी ‘सबल आर्थिक केन्द,्र समुन्नत बुटवल’को दीर्घकालीन उद्देश्य राखेर नीति तथा कार्यक्रम ल्याइएको उहाँले उल्लेख गर्नुभयो ।

उपमहानगरपालिकाले शहरी योजना, पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेर नगर योजना आयोगसम्बन्धी कानूनको तर्जुमा गरी अल्पकालीन तथा दीर्घकालीन योजनाको तर्जुमा गर्न नगर योजना आयोग गठन गरी कार्यान्वयनमा ल्याइने, नगरको शहरी, आर्थिक र सामाजिक विकास, वित्तीय तथा राजश्व परिचालन, सार्वजानिक निजी साझेदारी, परियोजनाको पहिचान, शहरी गरीबी न्यूनीकरण रणनीति, सूचना तथा प्रविधिजस्ता म विषयमा योजना निर्माण गरिने तथा अध्ययन अनुसन्धान तथा योजना अनुगमन र नियमन प्रणाली स्थापित गर्ने कामलाई प्राथमिकता दिइने नीति कार्यक्रममा उल्लेख छ ।

नगर प्रमुख सुवेदीले बुटवलको नमूनाका पमा रहेको उजिरसिंह नगर अटोभिलेजमा खानेपानी पाइप लाइन विस्तार, नाला तथा सडक निर्माण उपमहानगरपालिकाको ४० प्रतिशत र व्यवसायीको ६० प्रतिशत सहभागिता हुने गरी सञ्चालन गरिने कार्यक्रम रहेको बताउनुभयो ।

मेडिकल, इञ्जिनीयरिङ्ग र टेक्निकल कलेज तथा स्टार होटल वा स्टार होटलस्तरको सेवा र उद्योग नगरमा सञ्चालन गर्ने गरी निर्माण गरिएमा त्यस्ता सेवा उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् ट्रान्सफर्मर, खानेपानी बोरिङ र पहँुच मार्ग निर्माणमा लाग्ने रकमको २० रकम अनुदान दिने नीति लिइनेछ ।

बुटवललाई विषादीरहित खाद्य वस्तु उपलब्ध हुने शहरका रुपमा पहिचान गराउन प्रदेश तथा संघीय सरकारसँगको सहकार्यमा बुटवल–६ मा रहेको विषादी परीक्षण प्रयोगशालाको स्तरीकरण गरी सबै खाद्य वस्तु परीक्षणपछि बिक्री गर्ने व्यवस्था मिलाइने छ ।

प्रत्येक नागरिकलाई हाम्रो बैंक हामीसँग बैंक भन्ने कार्यक्रमसहित खाता खोल्न पहल गरिने छ । नगरको पर्यटन प्रवद्र्धनमा आदिमानव रामापिथेकसको अवशेष बंगारा फेला परेको क्षेत्रमा रामापिथेकश भौगर्भिक र वनस्पति उद्यान तथा चिडियाघर निर्माण गर्ने लक्ष्य नीति तथा कार्यक्रमले अगाडि सारेको छ ।

यस्तै ऐतिहासिक जीतगढी किल्ला समीपमा रहेको वस्तीलाई प्रचलित कानूनबमोजिम हटाई खुला गर्ने तथा जीतगढी संग्रहालयका लागि आवश्यक पूर्वाधार यसै वर्षदेखि आरम्भ गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै तिनाउ तथा दानव नदी, सुखौरा, १६÷३६ नहर र चार तपाहा सिँचाइ प्रणाली, नदी सभ्यताको संरक्षण र सरसफाइलाई विशेष प्राथमिकतामा राखी कार्यान्वयन गर्ने, लुम्बिनी अञ्चल अस्पताललाई सफा राख्न नागरिक सफाइ अभियानअन्तर्गत नियमित रुपमा हाम्रो अस्पताल हामी आफैं सफा गर्छौंँ भन्ने कार्यक्रम सञ्चालन गरिने छ ।

सामुदायिक वनसँग समन्वय गरी पोखरी निर्माण, जलाधार संरक्षण उद्यान व्यवस्थापन, अग्नि पथ र जंगल सफारी ट्र्याक निर्माण गर्ने नीति लिइनेछ । करको दरमा सामान्य परिमार्जनका साथै करको दायरा बढाउने नीति लिइनेछ । ‘साक्षरतायुक्त, खुला दिसामुक्त, पूर्ण खोपयुक्त, छुवाछुतमुक्त बुटवल’ लगायत बुटवल उपमहानगरलाई लैङ्गिकमैत्री, बालमैत्री, वातावरणमैत्री, पूर्ण सरसफाइयुक्त, प्लाष्टिक झोलामुक्त शहर नीति ल्याइने छ ।

बुटवललाई सञ्चारको राजधानीका रुपमा विकास गर्ने, लोककल्याणकारी विज्ञापनलाई सबै सञ्चारगृहसमक्ष पु¥याउने नीति अवलम्बन गरिनेछ । गत वर्ष स्थापना गरिएको कोषलाई व्यवस्थित गरी परिचालन गर्ने नीति अगाडि सारिएको छ । बुटवल विकास पत्रकारिता पुरस्कार स्थापना गरिने समेत उल्लेख छ ।

नीति कार्यक्रममा नगर खेलकुद समिति गठन गरी विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, गरीबी न्यूनीकरण एवं स्वरोजगारका लागि महिला उद्यमी विकास तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने तथा कृषि उपज र पशुपंक्षी उत्पादनको बजारीकरण र विविधीकरणमा ध्यान दिइने बताइएको छ । प्रस्तुत नीति कार्यक्रमको सफल कार्यान्वयन हुन सकेमा ‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’, ‘समृद्ध बुटवल सुखी बुटवलवासी’को महाअभियानलाई सार्थकता दिन सकिन्छ भन्ने विश्वास नगर प्रमुख सुवेदीले गर्नुुभयो ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्