माफीपछि लामालाई धम्की दिने गुरुङ रिहा



हाम्रो इकोनोमि

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस चौतारी नेपालका उपमहासचिव हीरामान लामालाई ज्यानमार्ने धम्की दिने पावेल गुरुङले लिखित रुपमा माफी मागेपछि प्रहरीले रिहा गरेको छ ।

उपमहासचिव लामालाई ज्यान मार्ने दिएपछि लामाले दिएको उजुरीका आधारमा काँस्की पोखराका पावेल गुरुङलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको ‘सिधाप्रश्न’ लाइभ कार्यक्रममा सञ्चारमन्त्री गोकुल बास्कोटासँग पत्रकार राजु थापाले गरेको अन्तर्वार्ता प्रपोगाण्डाको रुपमा सामाजिक सञ्जालमा भाइरल बनाएपछि पत्रकार लामाले आफ्नो फेसबुक लाइभमा टिप्पणी गरेका थिए । उक्त टिप्पणी सहितको भिडियो लाइभमा टौप्रसाद गुरुङ फेसबुक एकाण्टमा ‘पावेल गुरुङ’ नाम गरेका गुरुङले पत्रकार लामालाई असभ्य भाषाको प्रयोग गरी ‘तेरो टाउकोको मुल्य कति हो गधा † त्यति नै मुल्य चुकाएर टुक्रा–टुक्रा पार्न मन छ’ भन्दै प्रतिकृया लेखेका थिए ।

पक्राउ परेका गुरुङलाई प्रहरीले विद्युतिय अपराध ऐन अन्तर्गत मुद्दा चलाउने तयारीकासाथ काठमाडौं ल्याउन लागेका बेला लिखित रुपमा लामासँग क्षमा माग्दै लिखित कागज गर्दा लामाको मञ्जुरी भएकाले प्रहरीले गुरुङलाई रिहा गरेको हो ।

 

फेसबुकमा धम्क्याउने गुरुङ कास्कीको मादी गाउँपालिकास्थित सिक्लेसका २८ वर्षीय स्थायी बासिन्दा हुन् । सामाजिक सञ्जालमा घटिया शब्दको प्रयोग गर्दै प्रतिक्रिया लेख्ने उनी स्थानीय सिक्लेसको एक विद्यालयका शिषक समेत हुन् । मिलापत्र कागजमा उनले आफूबाट आवेगमा आएर गल्ती गरेको र अब कहिल्यै त्यस्तो गल्ती नगर्ने भनी लिखित रुपमा माफी मागेपछि शुक्रबार उनलाई प्रहरीले छाडेको हो । प्रेस चौतारी नेपालका उपमहासचिव हिरामान लामाको तर्फबाट प्रेस चौतारी नेपाल काँस्कीका अध्यक्ष माधव बरालले मिलापत्र कागजमा हस्ताक्षर गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पावेललाई उनका दाजु तीर्थ गरुङको जिम्मामा छाडेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

बागबजार र ववरमहलमा बक्स कल्भर्ट निर्माण हुने

    काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

लैङ्गिक न्यायमूलक पत्रकारिता सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

    लैङ्गिक न्यायपुर्ण समाज निमार्णको लागि पत्रकार र मिडियाको भुमिका प्रबद्र्धन गर्ने...