आमाको सन्दुकमाथि मुस्कुराई रहेछन् डा देवकोटा, जो आएपनि हेर्छन अनि रुन्छन, हँसिलो तस्बिरमा आगन्तुकले फूल चढाउँछन्



हाम्रो इकोनोमि

मान्छेहरू आइरहेका छन्, गइरहेका छन्। बाँसवारीस्थित डा। उपेन्द्र देवकोटाको घरमा शुभचिन्तकको आउजाउ पहिले पनि चल्थ्यो। अहिले पनि उस्तै छ। तर, परिस्थिति फेरिएको छ।

पहिले आगन्तुकको स्वागत देवकोटा आफैँले गर्थे। अहिले देवकोटाको हँसिलो तस्बिरले आगन्तुकलाई स्वागत गरिरहेको छ। देवकोटा हाँसिरहेका छन् तर उनको घरमा आउने आगन्तुक मलीन छन्। देवकोटाको हँसिलो तस्बिरमा आगन्तुकले फूल चढाउँछन्, अबिर दल्छन्।

चिकित्सा क्षेत्रमा ठूलो योगदान छोडेर स्वर्गे भएका देवकोटा उतै पनि मुस्कुराइरहेका होलान्। यता उनका शुभचिन्तकको अनुहारबाट मुस्कान हराएको छ। देवकोटा जिवित हुँदा यो घरमा हरेकदिनजसो बाक्लै भिडभाड हुने छिमेकीहरू बताउँछन्।

शुभचिन्तक, आफन्त, साथीभाइ मात्र होइन देवकोटाको घरको ढोका बिरामीले पनि ढकढकाउँथे। अहिले देवकोटाको निवास शान्त छ। आफन्त त आइरहेकै छन्। पहिलेजस्तो उल्लासको वातावरण छैन। चिकित्सा विज्ञानका ठूला–ठूला विषयमा पनि यही घरमा बसेर लामा–लामा छलफल भएका छन्।

देवकाटाले आफ्ना स्वर्णिम समय न्युरो अस्पतालमा मात्रै होइन यो घरमा पनि बिताएका छन्। न्युरो अस्पतालको नजिकै रहेको देवकोटाको घर शुक्रबार दिउँसो सुनसान थियो। देवकोटाकी श्रीमती मधु, छोरीहरू मेघा, मञ्जरी र वसुधा बसेका छन्। उनीहरूको दुःख बिर्साउन आएका आफन्त पनि घर वरिपरि छन्।

घरको गेटमा डा। उपेन्द्र देवकोटा तथा डा। मधु देवकोटा लेखिएको छ। यहाँ अहिले उपेन्द्र छैनन्। छन् त केवल उपेन्द्रसँग जोडिएका स्मृतिहरू। घरको चारैतिर फैलिएको हरियो बगैँचा र वातावरण शान्त छ। पछिल्लो चार दिनयता देवकोटाको निवासमा यस्तै चलिरहेको छ।

सात दिनमै काजकिरियाको काम सक्ने देवकोटा परिवारले यसअघि नै बताएको थियो। देवकोटाकी श्रीमती र छोरीहरू उनको सम्झनामा बसेका छन्। सेतो कुर्ता सुरवाल लगाएका छन्। यो भव्य घरको मूलढोकामै एउटा थोत्रो सन्दुक ९मदुस० राखिएको छ। सायद यो सन्दुकसँग देवकोटाका थुप्रै स्मृतिहरू जोडिएका छन्।

सन्दुकमा राखेका दुई चार रुपैयाँ पैसा र मिठो मसिनो खानेकुरा आमाले देवकोटालाई दिन्थिन्। गोरखामा आफ्नी आमाले प्रयोग गरेको सन्दुक देवकोटाले आफ्नो घरको मूलढोकामा राखेका छन्। यही सन्दुकमाथि राखिएको छ देवकोटाको हँसिलो तस्बिर । आमाको सन्दुकमाथि देवकोटा मुस्कुराई रहेका छन्।

तर, घरको वातावरण भने सुनसान छ। सबै मलीन छन्। सबै अँध्यारा भएका छन्। घर उही हो। ठाउँ उही हो। जहाँ पहिले देवकोटा स्वयं हुन्थे। अहिले तस्बिर छ, स्मृतिहरू छन्। सबैले उनको अभाव महसुस गरेका छन्। देवकोटाले बडो प्रेमपूर्वक हुर्काएका हरिया वोटविरुवाले आउने जानेहरूलाई शीतलता प्रदान गरेका छन्।

परिवारका सदस्यहरूका अनुसार देवकोटाले घर वरपरका वोटविरुवालाई खुब प्रेम गर्थे। सायद देवकोटाको सामिप्यताको अभाव आजका दिनमा यी वोटविरुवाले पनि गरिरहेका होलान्१ आफ्नो घरको वातावरणलाई निकै प्रेम गर्ने देवकोटालाई अन्तिम दिनहरूमा घरमा ल्याएर राखेर फेरि अस्पताल पुर्‍याइएको थियो।

देवकोटाले घरपरिवार मात्रै होइन लाखौँ बिरामी र सारा नेपालीलाई छोडेका छन्। देवकोटाकै कारण दोस्रो जीवन पाएर बाँच्नेहरू पनि घरमा आउँछन्। देवकोटालाई नेपाली र आफ्नो पेसाप्रति खुब माया थियो। अहिले उनलाई उनको घरपरिवार मात्रै होइन थुप्रै शुभचिन्तक र बिरामीहरूले मिस गरिरहेका छन्।थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...