लाखौं दर्शकलाई एनटीभीले यसरी दियो धोका, निजी टेलिभिजनबाट लाखौँ रकम असुल्ने यी हुन धोकेबाज, चिनौ यिनलाई



नेपाल टेलिभिजनबाट विश्वकप फूटबल निशुल्क हेर्ने सर्वसाधारणको चाहनामा टेलिभिजन माफियाहरूले पानी खन्याइदिएका छन् ।

फूलचोकीलगायतका १९ वटा प्रसारण केन्द्रमध्ये अधिकांश प्रसारण केन्द्रले सिग्नल नफ्याँक्दा जनता विश्वकप निशुल्क हेर्नबाट बञ्चित भएका हुन् । निजी क्षेत्रको प्रभु टेलिभिजनलाई सरह नेपालभर नै टेरेस्टिल प्रसारणको अनुमति सरकारले दिएको छ ।

यस सम्बन्धमा नेपाल टेलिभिजनमा सम्पर्क राख्दा विश्वकप हेर्न प्राविधिकहरूले पैसा उठाएर त्यहीँ पनि डीस होमको छाता राखेर हेरेका छन् । बाँकी सबै टेलिभिजन नेपाल टेलिभिजनमा ‘ब्ल्याक आउट’ छ ।

नेपाल टेलिभिजनभित्रै आफ्नो टेलिभिजनहरूको सिग्नल नआउदा पनि महाप्रबन्धक सचिन रोकाले केही गर्न नसकेको गुनासो प्राप्त भएको छ । यो समाचार तयार गर्दासम्म नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले नियुक्ति बुझिसकेका छैनन् ।

 

कार्यकारी अध्यक्षमा बिष्टको नियुक्तिका कारण हो वा के कारणले हो प्रसारण अवरोधले बिष्टलाई टेलिभिजनको नियुक्ति शुरुमै फलामको च्युरा जस्तो हुने लक्षण देखिन्छ । केबुलबाट आउने केही निजी च्यानललाई पनि प्रभु च्यानलबाट ठाउँठाउँमा अवरोध आएको बताइएको छ ।

प्राविधिकहरू चाहिं संचार मन्त्रालयले प्रभु र एनटीभीलाई एउटै सिग्नल फ्रिक्वेन्सी दिएकोले जुधेको बताउँछन् । संचार मन्त्रालय स्रोत भने नेपाल टेलिभिजनका कमिसन एजेन्टहरूले फ्रिक्वेन्सी नम्बर नलिइकन नै ट्रान्समिटर खरिद गरेकोले जुधेको बताउँछ ।

एक अर्कालाई दोष दिएपनि मारमा सर्वसाधारण जनता परेका छन् । फिफाले सरकारी च्यानललाई दिने कपी राइट पनि मिडिया हब एजेन्सीलाई दिलाएर नेपाल टेलिभिजनका हाकिमहरूले राष्ट्रघात गरको केही अधिकारीहरूले गुनासो गरेका छन् ।

मिडिया हबले फूटबलमा विज्ञापन बजाउने र नेपाल टेलिभिजन र एनटीभी प्लसलाई जम्मा ५३ लाख, कान्तिपुर एउटैलाई २ करोड रुपैयाँ तिर्ने सम्झौता भएको मिडिया हबका सोम धितालले काठमाण्डु पोष्टको अनलाइन संस्करणमा १४ जुनको समाचारमा बताएका छन् ।

फिफाको नीतिअनुसार सरकारी च्यानल नेपाल टेलिभिजनको कपीराइट समेत मिडिया हबले लिन हम्मेहमे परेको पनि धितालले जनाएका छन् ।

कसरी झेलखेल गरेर निशुल्क हेरिरहेका नेपालीहरूलाई हिस्स पार्ने काम भयो भन्ने पनि यसबाट जानकारी मिलेको छ । निशुल्क हेर्ने सिग्नल बन्द गराएर केबुल र डिस होमको ग्राहक बढाउने जनघाती काम मिडिया हबको प्रयोगबाट भएको देखिन आएको छ । विश्वकपमा कान्तिपुरको सिग्नल पनि रोकिएर दर्शकलाई हैरानी भएको गुनासो छ ।

 

दर्शकलाई निशुल्क टेलिभिजन देखाएर सूचना र स्वस्थ मनोरञ्जन दिन २०४१ सालमा नेपाल टेलिभिजन खोलिएको थियो । सरकारका योजनाहरूमा पनि निशुल्क टेलिभिजन सेवा पु¥याउने भन्ने गरिन्छ ।

१९ वटा प्रसारण केन्द्रहरूमा नेपाल टेलिभिजनका झण्डै १ सय जना कर्मचारी, नेपाली सेनाको पहरा, जेनेटर समेत तैनात गरिएको छ ।

ती सबै प्रसारण केन्द्रलाई सुचारु गर्ने हिसाबले हेर्ने जिम्मा विकास हेर्ने नायब महाप्रबन्धक दीपकमणि धिताल हुन् । सिग्नल जुधाउने उपकरण खरिद र मिडिया हबसंग साँठगाँठ गराउने काममा पनि उनको हात रहेको बताइन्छ ।

कर्मचारी युनियनको चुनावमा प्रसारण केन्द्रका प्राविधिकहरूलाई दवाव दिएर आफ्नो पक्षकालाई युनियनमा भोट खसाल्न लगाउने गरेको कर्मचारीहरू बताउँछन् ।

राजनीतिक नियुक्तिबाट आउने अध्यक्षहरूलाई ‘युनियन लाइदिन्छु’ भनेर दीपकमणिहरूले आफ्नो ब्यक्तिगत फाइदा अनुसारका खरिदका कामहरू गराउँदै आएको युनियन पीडितहरूको भनाइ छ ।

टेलिभिजनको सिग्नल पनि नआउने भएपछि सेनाको सुरक्षामा प्रसारण केन्द्रहरू चलाउनु भनेको युनियनको चुनावमा धिताल गुटको भोट बैंक मात्रै चलाउने अवस्थामा पुगेको एक उच्च अधिकृतले साँघु समक्ष गुनासो गरे । साँघु अनलाईनबाट

प्रतिक्रिया दिनुहोस
धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।

म माथी षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने

    रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा