सेञ्चुरीको अफर लत्याउदै अनिल यसरी भए नवीलको सीइओ



हाम्रो इकोनोमि

सेञ्चुरी बैंकको अफरलाई लत्याउदै अनिलकेशरी शाह नविल बैंकको सीइओमा नियुक्त हुन गएका छन् । बैंकले दिने सेवासुविधाको बिषयमा असन्तुष्टि भएपछि उनी नबिल बैंकको अफरलाई मान्दै सीइओ हुन गएका हुन । लामो समय विवादित बनेका अनिलकेशरी शाहलाई कुलिङ पिरियड व्यथित भएसँगै नवील बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

नेपाल राष्ट्रबैंकले एउटा बैंक तथा बित्तीय संस्थाको कार्यकारी प्रमुख सो संस्था छाडेको ६ महिनापछि मात्र अर्को संस्थाको कार्यकारी प्रमुख हुन पाउने कुलिङ पिरियड सम्बन्धी व्यवस्था कार्यान्वयन गरे पनि शाहलाई चोर बाटोबाट नवील बैंकको निमित्त सीइओ नियुक्त गरिएको थियो ।
कुलिङ पिरियडसम्बन्धी व्यवस्थाको छिद्रबाट शाहलाई सीइओ बनाइएपछि त्यसको सर्वत्र आलोचना भएको थियो । यहीकारण शाह निकै ठूलो विवादमा समेत परे ।

विवादका बीच बैंकको कायममुकाय सीइओको रुपमा काम गर्दै आएका शाहलाई असार ७ गते बसेको ४८८ औं संचालक समितिको बैठकले असार ७ गतेदेखि नै लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

नवील बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले जागिर छाडेपछि बैंकर शाह सेञ्चुरी बैंकसँगको सम्झौता समेत तोडेर नवीलमा सीइओ हुन पुगेका थिए ।

शाह स्वयम्ले भने मेगा बैंक लिमीटेडमा २ कार्यकाल प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरी त्यसपछि सेञ्चुरी बैंकको सीइओको रुपमा जान तयार भएका थिए । तर, बैंकले उपलब्ध गराउने सेवासुविधाको बिषयमा असन्तुष्टि भएपछि उनले नवील बैंकको अफर स्वीकार गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...