कृषिमा परनिर्भरता बढी देखियो उपराष्ट्रपति पुन



हाम्रो इकोनोमि

उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रमा देखिएको परनिर्भरताउच्च रहेको बताउनुभएको छ ।

नेपाल कृषि वैज्ञानिक तथा प्रविधि संगठनले आज काठमाडौँमा आयोजना गरेको आठौँ खाद्यान्न दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले उर्वर जमिन, जनशक्ति र जलस्रोतको अभाव नभएर पनि खाद्यान्नमा परनिर्भरता बढ्नु आश्चर्यजनक भएको बताउनुभयो ।

कार्यक्रममा कृषि राज्यमन्त्री रामकुमारी चौधरीले कृषि क्षेत्र राज्यको प्राथमिकतामा परेको बताउनुभयो । संविधानले खाद्यसम्प्रभुता सुनिश्चित गरेकाले उत्पादन वृद्धिका लागि विभिन्न उपाय अवलम्बन गरिने उहाँले बताउनुभयो ।

दुईदिनसम्म सञ्चालन हुने सो कार्यक्रममा ६० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने छ । कृषिको दिगो विकास गरी आगामी पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर अंकले वृद्धि गर्ने सरकारको योजना छ । नेपालले सरदर धान ५२ लाख मेट्रिक टन, मकै २१ लाख तथा गहुँ नौ लाख मेट्रिक टन उत्पादन गर्दै आएको छ ।

नेपालले अहिले प्रतिमहिना रु ५० करोडभन्दा बढीका विभिन्न खाद्य वस्तु आयात गर्दै आएको छ । चामल, पिठो, माछा, मासु, तरकारी र फलपूmल गरी झण्डै रु १९ अर्बको खाद्यान्न आयात हुन्छ । नेपालको भारतसँगको व्यापार घाटा रु ६ खर्बभन्दा बढी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...