कृषिमा परनिर्भरता बढी देखियो उपराष्ट्रपति पुन



हाम्रो इकोनोमि

उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रमा देखिएको परनिर्भरताउच्च रहेको बताउनुभएको छ ।

नेपाल कृषि वैज्ञानिक तथा प्रविधि संगठनले आज काठमाडौँमा आयोजना गरेको आठौँ खाद्यान्न दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले उर्वर जमिन, जनशक्ति र जलस्रोतको अभाव नभएर पनि खाद्यान्नमा परनिर्भरता बढ्नु आश्चर्यजनक भएको बताउनुभयो ।

कार्यक्रममा कृषि राज्यमन्त्री रामकुमारी चौधरीले कृषि क्षेत्र राज्यको प्राथमिकतामा परेको बताउनुभयो । संविधानले खाद्यसम्प्रभुता सुनिश्चित गरेकाले उत्पादन वृद्धिका लागि विभिन्न उपाय अवलम्बन गरिने उहाँले बताउनुभयो ।

दुईदिनसम्म सञ्चालन हुने सो कार्यक्रममा ६० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने छ । कृषिको दिगो विकास गरी आगामी पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर अंकले वृद्धि गर्ने सरकारको योजना छ । नेपालले सरदर धान ५२ लाख मेट्रिक टन, मकै २१ लाख तथा गहुँ नौ लाख मेट्रिक टन उत्पादन गर्दै आएको छ ।

नेपालले अहिले प्रतिमहिना रु ५० करोडभन्दा बढीका विभिन्न खाद्य वस्तु आयात गर्दै आएको छ । चामल, पिठो, माछा, मासु, तरकारी र फलपूmल गरी झण्डै रु १९ अर्बको खाद्यान्न आयात हुन्छ । नेपालको भारतसँगको व्यापार घाटा रु ६ खर्बभन्दा बढी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...