सञ्चार क्षेत्रको विश्वसनीयता गुमे लोकतन्त्र कमजोर हुन्छ : मुख्यमन्त्री राउत



हाम्रो इकोनोमि

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले समाजको रुपान्तरण र परिवर्तन गर्ने काममा सञ्चारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ र सवच्छता अभियानजस्ता कार्यक्रमले समाजमा आमूल परिवर्तन ल्याउने भएकाले यस्ता कार्यक्रमलाई सघाउन सञ्चार क्षेत्रले कलम चलाउनुपर्नेमा जोड दिनुभयोे ।

जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित जनता टेलिभिजनको आज वीरगञ्जस्थित प्रदेश कार्यालय भवन उद्घाटनका क्रममा मुख्यमन्त्री गद्दीले सरकारको कमीकमजोरीलाई रचनात्मक ढङ्गले उजागर गर्दै जनताको सुसूचित हुने अधिकारलाई निष्पक्ष रुपमा प्रस्तुत गर्न सञ्चारमाध्यमसंग आग्रह गर्नुभयो ।

आग्रह पूर्वाग्रह र संकुचित सोचले तयार पारिएको समाचारले सञ्चार क्षेत्रको विश्वसनीयतालाई समाप्त पार्नुका साथै लोकतन्त्रलाई समेत कमजोर पर्ने चर्चा गर्दै उहाँले विदेशमा गई आफ्नो राम्रो कामले ख्याति आर्जन गर्ने नेपाली स्वदेशमा सोही काम गर्दा आलोचना खेप्नुपर्ने परिपाटी अन्त्य हुन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, प्रदेश नं २ का विद्यायक ओमप्रकाश शर्मा, करिमा बेगम, उक्त टेलिभिजन सञ्चालक समितिका अध्यक्ष विजयकुमार पौडेललगायतले २१औँ शताब्दी सञ्चारकै शताब्दी भएकाले यो अबसर सदुपयोग समाजको उन्नति प्रगति र साझा हितमा हुनुपर्ने सुझाव दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...