गोरेका सहयोगी तिवारीको डन गणेश लामासँग कनेक्सन



हाम्रो इकोनोमि

सुन तस्करी प्रकरणमा पक्राउ परेका चुडामणि उप्रेती गोरेका मुख्य सहयोगी राम तिवारीको सम्बन्ध काभ्रेली समूहका नाइके गणेश लामासँग रहेको खुलेको छ । उनलाई अहिले छानबिन समितिले जिल्ला अदालत मोरङमा बुझाएको छ। छानविनका क्रममा तिवारी र लामाको क्रसर उद्योगमा साझेदारी रहेको खुलेको हो ।

दुई साता लामो अनुसन्धानपछि तिवारीलाई अदालतमा बुझाइएको हो। जिल्ला अदालत मोरङले तिवारीलाई सुन प्रकरणमा प्रतिवादी बनाएर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई अनुमति दिएको छ।

अदालतले तिवारीलाई असार १५ गतेसम्म म्याद थप गरी अनुसन्धानका लागि अनुमति दिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान्त थापाले बताए।

सुन प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिले तिवारीलाई दक्षिण कोरियाबाट फर्किँदै गर्दा पक्राउ गरेको थियो।

छानबिन समितिले तिवारीसँग सोधपुच्छ गरेको थियो। तिवारीले सुन तस्करीमा आफूले साथ नदिएको बयान दिएको छानबिन समितका एक सदस्यले बताए। उनले भनेु तिवारीले गोरेको सुन तस्करी बारेमा मुख खोलेको छैनन्। तर हामीसँग यथेष्ट प्रमाण भने हात परेको छ।ु

प्रहरीको नियन्त्रणमा रहेका तिवारीले गोरेले समेत घर जग्गा कारोबारी मात्र भएको बताउँदै आएका छन्।

गोरेको लागानीमा तिवारीले जग्गा किनबेच गर्ने गरेको अनुसन्धानमा खुलेको हो। समितिका एक सदस्यले भने ुगोरेलाई समस्या परेको समयमा अदालतदेखि वकिलसम्मको सेटिङ उनैले मिलाउँथे।ु

काभ्रे स्थाई घर भएका तिवारीलाई गोरे मामा भनेर सम्बोधन गर्ने गर्दथे।

तिवारीको मुख्य पेसा भनेको घरजग्गा कारोबार हो। काठमाडौँको कालोपुलमा तिवारीको एउटा मोटर ग्यारेज समेत रहेको छ। तर विगत केही समयदेखि तिवारीले ग्यारेज भाडामा दिएका छन्। तिवारीले महिनाको सात लाख रुपैयाँमा ग्यारेज भाडामा दिएको बयान दिएका छन्। उनले त्यो ग्यारेज भएको जग्गा पनि भाडामा लिएका हुन्।

तिवारीले गुन्डा नाइके गणेश लामासँग पनि पार्टनरमा कारोबार गरेको खुलेको हो। क्रसरमा लामा र तिवारीको लगानी भएको बयानमा स्वीकार गरेको छानबिन समितिले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...